निसानको नयाँ ‘काइट’ एसयूभी सार्वजनिक

निसानले विश्व बजारका लागि नयाँ मिड साइज एसयूभी ‘निसान काइट’ सार्वजनिक गरेको छ, जसले दक्षिण अमेरिकी बजारबाट आफ्नो यात्रा सुरु गर्न लागेको छ।

निसान काइट सबैभन्दा पहिले ब्राजिलमा प्रस्तुत गरिएको हो, र यहीँबाट सो मोडल दक्षिण अमेरिका तथा अन्य देशहरूमा निर्यात हुनेछ। सो एसयूभीमा कम्पनीले आकर्षक डिजाइन, आधुनिक सुविधा र शक्तिशाली इन्जिन जडान गरेको छ, जसले यसलाई आफ्नो सेगमेन्टमा अन्य मोडलसँग कडा प्रतिस्पर्धा गर्ने योग्य बनाउँछ।

यसमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो, एप्पल कारप्ले, वायरलेस फोन चार्जर, प्रिमियम इन्टेरियर, ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल र एडास जस्ता आधुनिक फिचर उपलब्ध गराइएको छ ।

निसानले यसमा १.६ लिटर फ्लेक्स फ्युल इन्जिन प्रयोग गरेको छ, जसले ११३ हर्सपावर र १४९ एनएमको टर्क उत्पादन गर्छ । इन्जिनलाई सीभीटी ट्रान्समिसनसँग जोडिएको छ, जसले ड्राइभिङलाई सहज र आरामदायक बनाउँछ। ब्राजिलमा फ्लेक्स फ्युल इन्जिन निकै लोकप्रिय भएकाले त्यहीअनुसार मोडल तयार गरिएको हो ।

भारतीय वा नेपाली बजारमा सो मोडल ल्याउनेबारे हालसम्म कम्पनीले आधिकारिक रूपमा केही बताएको छैन ।  तर यदि भविष्यमा सो एसयूभी भयो भने यसले हुन्डाई क्रेटा, किया सेल्टोस, होन्डा एलिभेट, टाटा ह्यारियर, महिन्द्रा स्कोर्पियो, स्कोडा कुशाक र फक्सवागन टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचारहरू

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसानले ५ सिटर कम्प्याक्ट एसयूभी र नयाँ ७ सिटर बी-एमपीभी सार्वजनिक गर्ने, नेपालमा पनि आउने

निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट-लाइनअपमा नयाँ सेभेन-सिटर...

एक महिनाका लागि निसानको नयाँ वर्ष अफर : निसान किक्स किन्दा ३ लाख ९५ हजारको छुट

एक महिनाका लागि निसानको नयाँ वर्ष अफर : निसान किक्स किन्दा ३ लाख ९५ हजारको छुट

काठमाडौं – नेपाली बजारमा उपलब्ध निसान किक्स किन्दा ३ लाख ९५ हजार रुपैयाँ...

निशान म्याग्नाईटमा थपियो नयाँ एडिसन

निशान म्याग्नाईटमा थपियो नयाँ एडिसन

निशानले आफ्नो लोकप्रिय एसयुभी म्याग्नाइटमा नयाँ एडिसन थप गरेको छ । सो नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...