बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको पद हस्तान्तरण सम्पन्न, व्यवसायीलाई एकजुट बनाएर अघि बढ्ने
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित...
काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ ।
२० नोभेम्बर देखि ३१ डिसेम्बरसम्म संचालन हुने यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखेको छ ।
अभियान अन्तर्गत जेसीबी धनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन् । यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ ।
साथै, ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
कम्पनिका अनुसार, यो अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, बिरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू हुनेछ । देशभर रहेका यी शाखाहरू मार्फत ग्राहकले आफ्नो नजिकको स्थानमै सहज रूपमा सेवा पाउन सक्नेछन् ।
बुटवल – बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४औ महाअधिवेशनबाट निर्वाचित...
काठमाडौं – असोज १ गते अन्य व्यवसायीका साथै अटो मेकानिक्स तथा अटो...
पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अहिले बजारमा हरेका सामान अत्याधिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...