ईभी र अन्य सवारी मर्मतका लागि ६ महिने अन द जब तालिम दिदै काठमाडौं महानगर, यसरी बनौं सहभागी

काठमाडौं – काठमाडौं महानगरपालिकाले अटोमोबाइल र कृषि क्षेत्र अन्तर्गतका तालिमहरूका लागि सरोकारवालासँगको सहकार्यमा ६ महिने अन द जब ट्रेनिङ अर्थात ओजेटी दिने भएको छ । महानगरपालिकाले यो भन्दा पहिले आयोजना गरेको प्रारम्भिक तालिम लिएका प्रशिक्षार्थीहरूले यो अवसर पाउनेछन् ।

इलेक्ट्रिक भेइकल र अन्य पेट्रोलियम पदार्थबाट चल्ने भेइकल सम्बन्धी मर्मत कार्यमा संलग्न मेकानिक्स तथा कृषि क्षेत्र अन्तर्गत फुल साजसज्जाको प्रारम्भिक तालिम लिएकाहरू यो तालिममा समेटिने छन् ।

काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउण्डेसन र सम्बन्धित कम्पनी तथा औद्योगिक प्रतिष्ठानहरूबिच यस कार्यक्रमका लागि सहकार्य गरिएको छ ।

काठमाडौं महानगरपालिकाले यो भन्दा पहिले संचालन गरेको यस सम्बन्धी प्रारम्भिक तालिममा सहभागीहरुले सो ओजेटी तालिममा सहभागी हुन सकिने छ । तालिमका लागि फारम भर्ने अवधि भोलि बिहीबार सम्म मात्र छ । यसका लागि आवेदन भर्न यो लिंक प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

‘मोबाइल ग्यारेज एप’ सार्वजनिक, गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

‘मोबाइल ग्यारेज एप’ सार्वजनिक, गाडी बिग्रेकै स्थानमा मेकानिक सेवा प्रदान गरिने

काठमाडौं – सीपलाई समाधानसँग जोड्ने नाराका साथ ‘मोबाइल ग्यारेज एप’ लन्च...

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

मेकानिक्सलाई लक्षित गरी बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो वोश’

काठमाडौं–अटोमोटिभ टेक्नोलोजीमा विश्वकै चर्चित जर्मन कम्पनी बोशले डिजिटल...

हेरेकै आधारमा भइरहेको छ सवारी साधनको परीक्षण

हेरेकै आधारमा भइरहेको छ सवारी साधनको परीक्षण

काठमाडौंको टेकुस्थित भेइकल फिटनेस टेष्ट सेन्टरको काम सवारी साधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...