इम्बोस्ड नम्बर प्लेट : २०८० सम्म २५ लाख जोड्नु पर्ने, हाल सम्म ३० हजार मात्र
सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित...
सवारी साधन सम्बन्धी धेरै प्राविधिक शब्दहरू दैनिक प्रयोगमा आए पनि धेरै चालकहरूलाई तिनको सही अर्थ थाहा नहुने तथ्य विभिन्न अध्ययनले देखाएको छ । तीमध्ये सबैभन्दा धेरै प्रयोग हुने तर कम बुझिने शब्द आरपीएम हो । कार चलाउने अधिकांश मानिसलाई यसको वास्तविक अर्थ तथा कामबारे सही जानकारी नहुन सक्छ ।
कारका ड्यासबोर्डको स्पिडोमिटरको छेउमा देखिने अर्को मिटरलाई ट्याकोमिटर भनिन्छ, जसमा एक्स१००० आरपीएम वा आरपीएम लेखिएको हुन्छ । यही मिटरमा देखिने अंक नै आरपीएम हो, यसको पूरा रूप रिभोलुसन पर मिनेट हो । यसले इन्जिनले एक मिनेटमा कति पटक घुम्छ भन्ने कुरा सूचित गर्छ । कारको इन्जिन क्र्याङ्कशाफ्ट पिस्टनको गतिका कारण घुम्ने गर्छ र यही क्र्याङ्कशाफ्टले पाङ्ग्रालाई पावर दिन्छ । त्यसैले आरपीएम इन्जिन कति छिटो काम गरिरहेको छ भन्ने अत्यन्तै महत्वपूर्ण संकेत मानिन्छ ।
ट्याकोमिटरको सुई २ मा छ भने, यसको इन्जिन २००० आरपीएममा चलिरहेको छ अर्थात् क्र्याङ्कशाफ्ट एक मिनेटमा २००० पटक घुमिरहेको छ भन्ने बुझ्नुपर्छ । कारको गतिसँगै आरपीएम पनि बढ्ने भएकाले एक्सेलेरेटर थिचेपछि सुई माथितिर उठ्दै जान्छ । अधिकांश सवारी साधनमा ट्याकोमिटर १ देखि ८ सम्मका अंकले बनेको हुन्छ, जसले इन्जिनले अधिकतम ८००० आरपीएम वरिपरि घुम्न सक्ने क्षमता जनाउँछ । सामान्य ड्राइभिङका क्रममा गाडीको आरपीएम प्रायः २००० देखि ३००० बीचमा रहन्छ, जुन इन्जिनको स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ ।
रिपोर्टका अनुसार आरपीएमको सही बुझाइले चालकलाई इन्जिनको लोड, गियर परिवर्तनको सही समय र इन्धन खपतबारे स्पष्ट जानकारी दिन्छ । तर ९० प्रतिशत चालकलाई यसको महत्वबारे जानकारी नहुँदा गाडीको नियमित प्रयोग र दीर्घकालीन टिकाउपनमा अनावश्यक जोखिम उत्पन्न भइरहेको छ ।
सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित...
कारमा धेरै प्रकारका इन्जिनहरू हुन्छन् । तर मुख्यतया कारमा सामान्य र...
काठमाडौं – नेकपा एमालेका युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...