टियागो ईभीको बुढानीलकण्ठ स्कुलमा अन्तर–स्कुल चित्रकला कार्यक्रम सम्पन्न

काठमाडौं–टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि अन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदीयन सहायता संस्थासँग सहकार्य गर्दै ’कार्टनिभल’ अन्तर–स्कुल चित्रकला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा १० निजी र ६ सामुदायिक विद्यालय गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरू सहभागी भए भने १९ जना पेशेवर कलाकार उपस्थित भई विद्यार्थीलाइ मार्गदर्शन तथा प्रेरणा प्रदान गरे ।

चित्रकला कार्यक्रम कक्षा ५ देखी ८ र कक्षा ९ देखी १२ गरी दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगितामार्फत विद्यार्थीहरूले वातावरण, दिगोपन, आधुनिक गतिशीलता र नवप्रवर्तनजस्ता विषयमा आफ्ना विचार र सिर्जनशीलता कलाका माध्यमबाट व्यक्त गर्ने अवसर पाए । साथै, कार्यक्रमलाई प्रतियोगिता र कार्यशाला दुवै स्वरूपमा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन बुढानीलकण्ठ स्कुलकी उप–प्राचार्य पुर्णिमा लामा, सिप्रदी ट्रेडिङका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, तथा टाटा मोटर्सका दक्षिण एशियाका रिजनल कस्टमर केयर म्यानेजर रन्धीर कुमार चौधरीको संयुक्त उपस्थितिमा भयो ।

सो अवसरमा प्रिन्सिपल केशर खुलालले विद्यार्थीको सिर्जनात्मकता विकासका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । पेसेन्जर कार सेग्मेन्ट प्रमुख सिजापतिले कला केवल मनोरञ्जन नभई सोच र दृष्टिको विस्तार गर्ने शक्तिशाली माध्यम भएको उल्लेख गरे ।

यो कार्यक्रम ’टाटा ईभीको’ सामुदायिक अभियानअन्तर्गत आयोजना गरिएको हो, जसले युवा पुस्ता, वातावरणीय चेतना र सामाजिक जिम्मेवारीलाई जोड्दै सकारात्मक परिवर्तन ल्याउन लक्ष्य राखेको छ ।

सिप्रदी ट्रेडिङ र टाटा ईभीले आगामी दिनमा यस्ता सामुदायिक, शैक्षिक तथा सिर्जनात्मक पहलहरूलाई अझ सशक्त रूपमा अघि बढाउँदै विद्यार्थी सशक्तिकरण र सामाजिक योगदानमा निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।

सम्बन्धित समाचारहरू

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

टाटा बसहरुका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप सुविधा

काठमाडौं – सुरक्षित यात्राको कामना सहित चाडबाडको बेला ढुक्कसँग यातायात...

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

टियागो ईभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटा नेक्सनको लोकप्रियता घट्दो, बिक्रीमा पन्च अगाडी

टाटाको सर्बाधिक सफल एसयुभीका रुपमा परिचित नेक्सनको लोकप्रियता पछिल्लो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...