होन्डा अमेजलाई भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ

होन्डा अमेजले भारत एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ प्राप्त गरेको छ । कम्प्याक्ट सेडानको तेस्रो पुस्ताले वयस्क सुरक्षा यात्रुका लागि २८.३३/३२ र बाल यात्रु सुरक्षाको लागि ४०.८१/४९ अंक प्राप्त गरेको हो ।

फ्रन्टल अफसेट डिफर्मेबल ब्यारियर परीक्षणमा अमेजले चालक र यात्रुको टाउको, घाँटी र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको थियो । चालकको लागि छाती सुरक्षालाई पर्याप्त मूल्याङ्कन गरिएको गरिएको छ भने कारले यात्रुलाई समग्रमा राम्रो सुरक्षा प्रदान गरेको थियो ।

साइड मुभेबल ब्यारियर परीक्षणमा, अमेजले टाउको र तल्लो शरीरलाई राम्रो सुरक्षा प्रदान गरेको जनाइएको छ । छाती सुरक्षालाई मार्जिनल मूल्याङ्कन गरिएको थियो भने साइड पोल इम्प्याक्ट परीक्षणले यात्रुहरूको लागि राम्रो सुरक्षा देखाएको छ ।

बाल संयम प्रणालीको प्रयोग गरेर डाइनामिक टेष्ट सञ्चालन गरिएको उक्त परिक्षणमा अमेजले २३.८१/२४ को डाइनामिक स्कोर र १२/१२ को सिआरएस स्थापना स्कोर प्राप्त गरेको छ । साथै, उक्त कारले सवारी मूल्याङ्कन स्कोर ५/१३ प्राप्त गरेको छ ।

सम्बन्धित समाचारहरू

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले ल्यायो विश्वको पहिलो एयरब्याग जडित बाइक

होन्डाले कारमा जस्तै एयरब्यागको सुविधा भएको बाइक ल्याएको छ । सो बाइकको नाम...

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

होन्डा साइन खरिद गर्दा कपिलवस्तुका इरफानले जिते १० लाख नगद पुरस्कार

काठमाडौं–होन्डा नेपालले दशैं तिहारको अवसरमा ल्याएको फेस्टिभ अफर...

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

चैत्र १७ गतेसम्म होन्डाको एक्सचेन्ज क्याम्प

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...