चीनमा निर्मित निसानको पहिलो पिकअप ट्रक लन्च, विश्व बजारमा बिक्री गरिने

निसानले चीनमा निर्मित आफ्नो पहिलो पिकअप ट्रक लन्च गरेको छ । झेङझाउ निसानले फ्रन्टियर प्रो सिरिज पिकअप ट्रक लन्च गरेको हो । जसको सुरुवाती मूल्य २३ हजार ८०० डलर निर्धारण गरिएको छ ।

कम्पनीका अनुसार, फ्रन्टियर प्रो निसानको लागि एउटा माइलस्टोन प्रोडक्ट हो, जसलाई पूर्ण रूपमा डिजाइन, विकास र उत्पादन चीनमा गरिएको छ । कम्पनीले यसलाई चिनियाँ बजारसहित विश्व बजारमा बिक्री गर्ने योजना बनाएको छ ।

इन्धन र प्लग–इन हाइब्रिड पावरट्रेनमा उपलब्ध यसको परम्परागत इन्धन संचालित मोडलले निसानको क्लासिक भी–मोसन डिजाइन ल्यांग्वेजलाई कायम राखेको छ । यसको विपरित, हाइब्रिड संस्करणले आधुनिक ईभी ट्रेन्डलाई अँगालेको छ।

फ्रन्टियर प्रोको इन्टेरियरमा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ठूलो सेन्ट्रल कन्ट्रोल स्क्रिन सहितको भौतिक बटनहरूको पङ्क्ति राखिएको छ । १२ स्पिकर जेएलए ब्रान्ड अडियो प्रणाली र व्यापक सफ्ट–टच सामग्रीद्वारा केबिन अनुभवलाई अझ माथि उठाइएको छ ।

सो नयाँ पिकअपको इन्धन भर्सनलाई २.० टी पेट्रोल र २.३ टी डिजेल इन्जिनको साथ उपलब्ध गराइएको छ । जसको अधिकतम पावर २५८ बीएचपीसम्म र टर्क ४०० एनएमसम्म रहेको छ । दुबै मोडलमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध गराइएको छ ।

त्यसैगरी हाइब्रिड भेरिएन्टमा १.५ टी इन्जिनलाई अगाडि माउन्ट गरिएको एकल इलेक्ट्रिक मोटरसँग जोडिएको छ, जसले ३२० किलोवाट पावर र ८०० एनएम टर्क जेनेरेट गर्दछ । यो ४ स्पिड डीएचटी ट्रान्समिसनसँग जोडिएको छ, जसले १३५ किलोमिटर ईभी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार

नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...

होन्डा, निसान र मित्सुबिशी : रोकियो मर्जर प्रक्रिया

होन्डा, निसान र मित्सुबिशी : रोकियो मर्जर प्रक्रिया

जापानी अटोमोबाइल निर्माता होन्डा, निसान र मित्सुबिशीले व्यापार एकीकरणमा...

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

‘इन्टिलिजेन्ट’ फिचरले सुसज्जित सेकेन्ड जेनेरेशन लिफ, यस्तो छ रेन्ज र पर्फमेन्स

काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...