अष्ट्रेलियन एनक्यापमा महिन्द्रा स्कर्पियो एनलाई जिरो स्टार रेटिङ, यस्तो छ कारण
काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन...
महिन्द्राले नयाँ ७ सिटर इलेक्ट्रिक एसयूभी लन्च गरेको छ । एक्सईभी ९एस नामले आएको उक्त एसयूभीको सुरुवाती मूल्य १९ लाख ९५ हजार भारु निर्धारण गरिएको छ । एसयूभीको बुकिङ जनवरी १४, २०२६ मा खुल्ने र डेलिभरी जनवरी २३ बाट सुरु हुने जनाइएको छ ।
महिन्द्राले यसअघि लन्च गरेको एक्सईभी ९ई कै डिजाइन थिममा तयार पारिएको सो एसयूभीको साइड प्रोफाइल भने एक्सयूभी ७०० को जस्तै छ । एक्सईभी ९एसको अगाडी ठाडो रूपमा स्ट्याक गरिएको एलईडी हेडल्याम्प र एलईडी लाईटबारद्वारा जोडिएको टी आकारको एलईडी डिआरएसलएस सहितको ब्ल्याङ्क–अफ ग्रिल दिइएको छ । पछाडि एल आकारको एलईडी टेललाइट राखिएको एसयूभीमा फ्लश फिटिंग डोर ह्यान्डल र एरो–अप्टिमाइज्ड ह्विलरहरु दिइएको छ ।
कारको भित्री भागमा सेन्ट्रल टचस्क्रिन, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र प्यासेन्जर साइड डिस्प्ले सहितको ट्रिपल–स्क्रिन लेआउट उपलब्ध गराइएको छ । दोस्रो पङ्क्तिका यात्रुहरूले अगाडिको सिट पछाडि छुट्टै स्क्रिनहरू पनि पाउनेछन् ।
एक्सईभी ९एस मा प्यानोरामिक सनरुफ, हर्मन कार्डन साउन्ड सिस्टम, एम्बियन्ट लाइटिङ, डुअलजोन अटोमेटिक क्लाइमेट कन्ट्रोल र अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्ले रहेका छन् । इलेक्ट्रिक एसयूभीमा बोस मोड, ब्रिङ–योर–ओन–डिभाइस (बीवाईओडी) र लेभल २ प्लस एडास र अटोमेटिक पार्किङ लगायत अनधुनिक फिचर दिइएको छ ।
५९ र ७० र ७९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध सो एसयूभीले १७५ किलोवाट सम्मको फास्ट चार्जर सपोर्ट गर्दछ । स्टार्ट गरेको ७ सकेन्डमै शून्यदेखी १०० किलोमिटर प्रतिघण्टा सम्मको गति पकड्न सक्ने यस एसयूभीको उच्चतम गती भने २०२ किलोमिटर प्रति घण्टा छ । यस एसयूभीले सिंगल चार्जमा ५२० किलोमिटरसम्मको अधिकतम रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
काठमाडौं– महिन्द्राको लोकप्रिय एसयूभी स्कर्पियो एनले अष्ट्रेलियन...
काठमाडौं – महिन्द्राले बजारमा पहिले देखि लोकप्रिय मानिएको स्कोर्पियो...
अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...