मंसिर १५ भित्रै पुराना मापदण्डका सवारीसाधन जाँचपास गरिसक्न नाडाको आग्रह

काठमाडौं–नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पुराना मापदण्डका सवारीसाधन मंसिर १५ गतेभित्र जाँचपास गरिसक्न व्यवासयीमाझ आग्रह गरेको छ । नाडाले आज एक बिज्ञप्ती जारी गर्दै त्यसपछिका दिनमा यूरो६ मापदण्डका सवारीसाधन मात्रै आयात गर्न पाइने हुँदा समयमै पुराना मापदण्डका सवारीसाधनको भन्सार जाँचपास गराउन अनुरोध गरेको हो ।

‘बन तथा वातावरण मन्त्रालयले मिति २०८२/०३/०९ को नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ (युरो ६) लागु गरिसकेको सन्दर्भमा नेपाल सरकार, अर्थ मन्त्रालयले मिति २०८२ असोज १० गतेको नेपाल राजपत्र मार्फत नेपाल सवारी प्रदुषण मापदण्ड २०८२ लागु हुनुभन्दा पहिले प्रो फर्मा इन्भ्वाइस जारी भईसकेका सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधन तथा त्यस्ता सवारी साधन उत्पादन गर्न आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनको हकमा मिति २०८२ साल मङसिर १५ गते सम्मका लागि पूर्ववत मापदण्ड अनुसारका सवारी साधन वा पार्टपूर्जा पैठारी गर्न दिने निर्णय गरेको सर्वविदितै छ’ नाडाद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।

भन्सार जाँचपास लगायत अन्य व्यवस्थाका लागि बन तथा वातावरण मन्त्रालय तथा अर्थमन्त्रालयमा पत्राचार गरी आवश्यक पहल समेत गरेको नाडाले जनाएको छ ।

सम्बन्धित समाचारहरू

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

प्रतिबन्ध, अटो लोन, आन्दोलन र अन्यका कारण नेपाली अटोमोबाइल व्यवसायमा कठिन वर्ष रह्यो २०२२

अंग्रेजी वर्ष २०२२ अन्ततः हामीबाट बिदा भएको छ । विभिन्न उतारचढाव झेलेको यो...

अटोमोबाइल ब्यवसायीसंग अर्थमन्त्री महतको दुई गम्भिर सवाल

अटोमोबाइल ब्यवसायीसंग अर्थमन्त्री महतको दुई गम्भिर सवाल

काठमाडौं– अर्थमन्त्री डा. प्रकाश शरण महतले अटोमोबाइल ब्यवसायीसंग दुईवटा...

सरकार युरो ६ लागु गर्ने तयारीमा, मर्मतसम्भारमा समस्या आउन सक्ने नाडा अध्यक्ष थापाको भनाइ

सरकार युरो ६ लागु गर्ने तयारीमा, मर्मतसम्भारमा समस्या आउन सक्ने नाडा अध्यक्ष थापाको भनाइ

सरकारले प्रदूषण मापदण्ड युरो ३ बाट एकैपटक युरो ६ लागु गर्न लागेको विषयमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...