प्रभागले ल्यायो सैन्य प्रयोजनमा प्रयोग हुने इभी, व्याट्रीको आयू १० लाख किलोमिटर माथी
भारतको स्टार्टअप कम्पनी प्रभागले सैन्य प्रयोजनमा प्रयोग हुने नयाँ इभी भीर...
बीवाईडीले २०२५ ग्वाङझाउ अटो शो मा अपग्रेडेड टाङ एल अर्थात अन्तर्राष्ट्रिय रुपमा परिचित एट्टो ८ अर्थात सिलायन ८ सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधि, एड्भान्स्ड ड्राइभर असिस्टेन्स फिचर र बोल्ड न्यु स्टाइल सहितको बीवाईडी एट्टो ८ ६ भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य २ लाख १४ हजार ८०० युआन अर्थात करिव ३० हजार २५० डलर देखि २ लाख ७४ हजार ८०० युआन अर्थात करिव ३८ हजार ६२० डलर सम्म हुनेछ ।
सो अपडेट गरिएको एसयूभीमा बीवाईडीको ड्रागन फेस डिजाइनलाई निरन्तरता दिइएको छ, तर यसलाई अझै प्रवाहयुक्त र डाइनामिक लुक प्रदान गर्न मोडिफाइड फ्रन्ट ‘ड्रागन ह्विसकर्स’ प्रयोग गरिएको छ । थर्ड रोका यात्रुलाई अझै प्रकाश दिन र वाहिरी दृश्य स्पष्ट देखाउनका लागि डी–पिलरलाई रिडिजाइन गरिएको छ भने छानामाथि राखिएको लिडार युनिटले ‘इन्टेलिजेन्ट ड्राइभिङ’ क्षमतामा उल्लेखनीय सुधार ल्याएको छ। पछिल्लो भागमा चिनियाँ संस्कृति झल्कने फिनिक्स विङ र ब्याम्बु क्राफ्ट टेलल्याम्प डिजाइन विशेष आकर्षण बनेका छन् ।
क्याबिनभित्र प्रवेश गर्दा बीवाईडी एट्टो ८ को नयाँ इन्टेरियर लेआउट एकदमै प्रिमियम र सांस्कृतिक स्पर्शयुक्त महसुस हुन्छ। ‘प्यालेस–इन्स्पायर्ड’ थ्रीडी–कट सरफेस, ब्याम्बु–उड ट्रिम र लेयर्ड ड्यासबोर्डले गाडीलाई स्तरिय गहिराइ र आधुनिकता दिन्छ।
बीवाईडीले यसपालि इन्टेरियरलाई मात्र सुन्दर बनाएको छैन, गड्स आई बी लेजरमा आधारित डीपाइलट ३०० उच्चस्तरीय ड्राइभर–असिस्टेन्स प्रणाली सबै भेरिएन्टमा स्ट्यान्डर्ड रूपमा दिएको छ।
यसको ईभी भर्सनमा सिंगल र ड्युअल मोटर सेटअप रहेको छ । ड्युअल मोटर मोडलले फ्रन्टमा २३० किलोवाट र रियरमा ५८० किलोवाट उत्पादन गर्छ, जसले ३.९ सेकेन्डमा ० देखि १०० किलोमिटर सम्मको दुरी पार गर्न सक्छ । सो ईभीमा १००.५३१ किलोवाट आवरको सेकेन्ड जेनेरेसन लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जसले सीएलटीसी रेन्ज ५६०, ६०० र ६७० किलोमिटर सम्मको रेन्ज दिन्छ ।
गाडीमा नयाँ क्याबिन सफ्टवेयर र युजर इन्टरफेस अपडेट गरिएको छ, जसमा एडेप्टिभ ब्राइटनेस सहितको डिलिंक १५०, कस्टमाइजेबल सिजनल थिम्स र थ्री इन्टरएक्टिभ मस्कट क्यारेक्टर समेत समावेश छन् ।
त्यसैगरी एड्भान्स ड्राइभिङ फिचरमा अब ‘पार्किङ स्पट टु पार्किङ स्पट’ अटोनोमस नेभिगेसन समेत हुनेछ, जसले गाडीलाई अटोमेटिक रुपमा बाहिर निस्कन, अवरोध पत्ता लगाउन र निश्चित स्थानमा पार्क गर्न सहयोग गर्छ ।
नेपाली बजारमा समेत हाल बीवाईडी १, एट्टो २ र एट्टो ३ उपलब्ध छन् । एट्टो ८ भने अलि माथिल्लो लेभलको गाडी हो । भविष्यमा यो गाडी नेपालमा पनि आउन सक्ने सम्भावना भने रहन्छ ।
भारतको स्टार्टअप कम्पनी प्रभागले सैन्य प्रयोजनमा प्रयोग हुने नयाँ इभी भीर...
भारतमा मेट्रो ट्रेन निकै नै लोकप्रिय छ । यसको नियन्त्रण गर्ने कार्य राज्य...
अरबौं खर्च गरिएको, धेरै नेतृत्व परिवर्तन भएको र अनगिन्ती अफवाहहरूका साथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...