भारतीय कार निर्मातासंग साझेदारी गर्न इच्छुक रहेको होन्डाको घोषणा

काठमाडौं–जापनिज अटो निर्माता होन्डाले भारतमा आफ्नो बजार हिस्सा बढाउन निकै कसरत गरिरहेको छ । कम्पनिले यस दशकको अन्त्यसम्ममा, भारतमा १० नयाँ मोडेलहरू प्रस्तुत गर्ने योजना बनाएको छ । यस महत्वाकांक्षी योजनालाई साकार पार्न कम्पनिले अहिले भारतीय ओईएमसंग साझेदारी गर्ने घोषणा गरेको छ ।

होन्डाले व्यापक सहकार्यको सम्भावनाको खोजी गरिरहेको बताइएको छ, जसमा प्लेटफर्महरू, उत्पादनहरू र प्रविधिहरूको साझेदारी समावेश छन् । होन्डाले आफ्नो ब्याज सेयर गरेर अन्य ओइएमसंग सहकार्य गर्न समेत तत्परता देखाएको हो । साथै, कम्पनी आफ्नो एसिमो अपरेटिङ सिस्टममा पहुँच दिन पनि इच्छुक छ, जसलाई कम्पनीले आफ्नो ओ सिरिजका ईभीमा प्रयोग गर्नका लागि तयार पारेको हो ।

भारतमा पछिल्लो समय प्लेटफर्म साझेदारीको अवधारणा सफल बन्दै गएको छ । कार निर्माताले आफ्नो लागत घटाउन प्रयोग गर्ने उपकरणहरू मध्ये यो एक उत्तम बिकल्पमा रुपमा विकास हुँदै गएको छ ।

भारतको सबैभन्दा ठूलो कार निर्माता मारुति सुजुकीले पनि यो रणनीति अपनाउनु परेको छ र टोयोटासँग सहकार्य गरेको छ । त्यसैगरी, स्कोडा–फक्सवागन र रेनो–निसान जस्ता ब्रान्डहरूले समेत एकआपसमा सहकार्य गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

होन्डाले सार्वजनिक गर्यो डब्लूआर–भीको सेकेन्ड जेनेरेशन

होन्डाले सार्वजनिक गर्यो डब्लूआर–भीको सेकेन्ड जेनेरेशन

होन्डाले डव्लुआर–भीको सेकेन्ड जेनेरेशनलाई इन्डोनेशियामा सार्वजनिक...

त्रिपुरेश्वरमा होन्डा मोटरसाइल र स्कुटरको नयाँ ‘थ्री एस शोरुम’

त्रिपुरेश्वरमा होन्डा मोटरसाइल र स्कुटरको नयाँ ‘थ्री एस शोरुम’

काठमाडौं–होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

यस्तो छ होन्डा एक्टिभा इलेक्ट्रिकको विशेषता

यस्तो छ होन्डा एक्टिभा इलेक्ट्रिकको विशेषता

नयाँ होन्डा एक्टिभा इलेक्ट्रिक स्कुटर भारतीय बजारमा लन्च भएको छ । यसलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...