होन्डा साइन बन्यो १ करोड ग्राहक भएको पहिलो १२५ सीसी बाइक
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
काठमाडौं– होन्डा गाडीको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले आफ्ना ग्राहकहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै एक महत्वपूर्ण ’सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ ।
यस अभियान अन्तर्गत, कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होन्डा गाडीहरुको एयर ब्याग पूर्णरूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ ।
यो ’सेफ्टी रिकल’ अभियान होन्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो, जसको उद्देश्य पुराना गाडीहरुमा समयसँगै एयर ब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक समस्यालाई हटाई ग्राहकहरुको यात्रालाई थप सुरक्षित बनाउनु हो ।
ग्राहक प्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङ्गले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो ।
यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर–भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरु समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरुको एयर ब्याग कुनैपनि शुल्क नलिई दक्ष प्राविधिकद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ ।
स्याकार ट्रेडिङ्गले उल्लेखित मोडेलका गाडी धनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
होन्डाको नयाँ मोटरसाइकल हाइनेस सीबी ३५० अनौपचारिक रुपमा नेपाल...
होन्डा टु ह्विलर इन्डियाले आफ्नो लोकप्रिय बाइक हाइनेस सीबी३५० मा आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...