विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

वीरगञ्ज – नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक्नोलोजी’ले ‘पर्फेक्ट’ बनेको इलेक्ट्रिक एसयूभी दिपल एस०५ सार्वजनिक गरेको छ ।

बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया,दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले नयाँ दिपल एस०५ सार्वजनिक गरेका हुन् ।

नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै बिक्री भइसकेको दिपल एस०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । दिपल एस०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ ।

दिपल एस०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिङ, भेन्टिलेटेड र हिटेड’ छन् । साथै, यसमा ‘क्विनको पाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा अद्वितीय आराम दिन्छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किङ’को सुविधा छ, जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिङ सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ ।

विर्तामोडमा नयाँ शोरुम र टेस्ट ड्राइभ तथा एक्सचेन्ज
यसैबीच विहीबार विर्तामोडमा नयाँ स्टेट अफ आर्ट शोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक ईभीको बिक्री–वितरण र बिक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरु सहित यहाँ शनिबारबाट तीनदिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ ।

कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्रा प्रिमियम लक्जरी एसयूभी अवतार ११ र केही साताअघि सार्वजनिक भएर अटो बजार तताई रहेको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने छ ।

यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निःशुल्क ट्राभल चार्जर पनि पाउने छन् ।

यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिनेछ, जसले आर्टिफिसियल इन्टेलिजेन्स र अटोमेसनमा चांगानको अग्रगामी सोचको प्रत्यक्ष अनुभव गर्न पाइने छ ।

सम्बन्धित समाचारहरू

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

महिन्द्रा बीई६ र एक्सईभी ९ई ईभी नाइमामा, यस्तो छ मूल्य

काठमाडौं – राजधानीको भृकुटीमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो...

संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कारको बिक्री शुरु, अलिबाबाबाट खरिद गर्न सकिने

संसारकै सबैभन्दा सस्तो इलेक्ट्रिक कारको बिक्री शुरु, अलिबाबाबाट खरिद गर्न सकिने

चाइनिज कार निर्माता कम्पनीले सबैभन्दा कम मूल्यको इलेक्ट्रिक कार के५ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...