सडक सुरक्षा सम्बन्धी समीक्षा बैठक सम्पन्न, मोरक्को सम्मेलन पश्चातको कार्य वारे जानकारी आदानप्रदान
काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...
काठमाडौं - एसिया प्यासिफिक क्षेत्रका अटोमोबाइल फेडेरेसनहरूको बिजनेस फोरममा सहभागी हुन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का सचिव महेश अधिकारी हिजो जापान प्रस्थान गरेका छन् ।
संघका टुरिजम तथा आउटरिच कोअर्डिनेटर कमला छेत्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गरेका हुन् ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन दुईको आयोजनामा हुन लागेको उक्त फोरममा दुई महादेशका अटोमोबाइल क्षेत्रका व्यवसायी, विज्ञ तथा प्रोफेसनल गरी करिब तीन दर्जन प्रतिनिधिको सहभागिता रहनेछ ।
फोरममा विश्व अटोमोबाइल क्षेत्रका नवीनतम प्रगति र परिवर्तन, संघहरूको व्यवस्थित र व्यावसायिक कार्ययोजना, मर्चेन्डाइज तथा व्यवसायिक साझेदारी, प्लान एण्ड प्रायोरिटी सेटिङ, आइडियाज एण्ड बिजनेस प्लानिङ, एकेडेमिक तथा स्किल एड्भान्समेन्ट र अन्तर्राष्ट्रिय अनुभव सेरिङ्ग आदिबारे विस्तृत छलफल हुनेछ ।
कार्यक्रममा एफआईएका सिनेट चेयर कार्मेलो सान्ज दे बारोस, एफआईए र रिजन–२ का उच्च अधिकारी तथा अष्ट्रेलिया र जापानका विज्ञहरूले समेत आफ्ना विषयगत प्रस्तुति दिनेछन् ।
फोरमका सहभागी प्रतिनिधिहरूले जापान अटोमोबाइल फेडेरेसन (जाफ) नजिकै रहेको टोकियो ट्राफिक कन्ट्रोल सेन्टर र टोकियो इमर्जेन्सी रोडसाइड असिस्टेन्स बेस भ्रमण गरि अध्ययन गर्नेछन् । जापान अटोमोबाइल फेडेरेसन सम्पुर्ण जापानको अटोमोबाइल ट्रन्पोस व्यवस्थापन र रोडसाइड सर्भिसको आधिकारिक संस्था हो, जसले नेपाली लाइसेन्सको जापानमा अस्थायी प्रमाणीकरण समेत गर्ने गर्दछ ।
मोटरिङ एकेडेमीका संयोजक समेत रहेका ईञ्जिनियर अधिकारीले आजदेखि तीन दिन चल्ने उक्त कार्यक्रममा फ्लाइ टु नेपाल, ड्राइभ इन नेपाल कार्यक्रम र नासा नेपालका बिजनेस पार्टनरसिप तथा कोलाबोरेसनका सम्भावनाबारे छलफल गर्नेछन् ।
काठमाडौ. – गत फेब्रुअरीमा मोरक्कोमा सम्पन्न सडक सुरक्षा सम्बन्धी...
आठौं यूएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा गैंडाकोटस्थित अक्सफोर्ड कलेज अफ...
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले आगामी साउन १७ र १८ गते अर्थात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...