प्रगतिलाई गति र व्यवसायलाई साथ दिँदै फोटोनका गाडीहरू
काठमाडौं – फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा...
काठमाडौँ– फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । एयरपोर्ट रोडस्थित स्वर्णिम बिजनेस कन्सर्न प्रालिलाई कम्पनीले सो क्षेत्रका लागि बिक्रेतामा नियुक्त गरेको हो ।
शोरुम उद्घाटन कार्यक्रममा ब्रान्डको बढ्दो प्रतिष्ठा र सामुदायिक सम्बन्धलाई झल्काउने गरी स्थानीय विद्यालय, यातायात समिति र प्रतिष्ठित बैंकका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध हुने जनाइएको छ । फोटोनका सवारीले ग्राहकका सस्तो र दिगो शहरी यातायातदेखि लिएर भारी व्यावसायिक ढुवानीसम्मका विविध आवश्यकताहरू पूरा गर्ने विश्वास लिइएको छ ।
यस विस्तारसँगै, फोटोन मोटरको बिक्री नेटवर्क अहिले देशभर १५ स्थानसम्म फैलिएको छ, जसले सुर्खेत र आसपासका क्षेत्रका ग्राहकहरूलाई अझ सहज पहुँच र सेवा सुनिश्चित गर्दछ । साथै, फोटोन टोटल केयर सर्भिस नेटवर्क पनि नेपालभर १७ सेवा केन्द्रहरूमा विस्तार भएको छ, जसले ग्राहकहरूलाई सुविधासम्पन्न आफ्टर सेल्स सर्भिस, मर्मतसम्भार समाधान र ब्रान्डको भरपर्दोपनको प्रतिवद्धता प्रदान गर्छ ।
‘हामी फोटोन मोटरलाई सुर्खेत वासीको नजिक ल्याउन पाउँदा उत्साहित छौं’ एमएडब्लू वृद्धि कमर्सियलका सीइओ तुषार गुप्ताले भने, ‘चितवन शोरुमको सफलतापछि यो फ्यासिलिटीले विश्वस्तरीय सवारी, उत्कृष्ट सेवा र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ । हामी हाम्रो सम्पूर्ण भेहिकल सिरिज अन्वेषण गर्न र फोटोनको शक्ति र भरपर्दोपन अनुभवका लागि टेस्ट राइड लिन सबैलाई आमन्त्रण गर्छौं ।’
काठमाडौं – फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा...
काठमाडौं– विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलको ब्याट्री जडित...
काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...