होन्डाको विश्वकै पहिलो इलेक्ट्रोनिक कम्प्रेसर भएको मोटरसाइकल सार्वजनिक, नयाँ युगको सुरुवात

होन्डाले इटालीको मिलानमा आयोजित ईआईसीएमए २०२५ मोटरसाइकल शोमा आफ्नो नयाँ बाइक भी३आर ९०० ई-कम्प्रेसर प्रोटोटाइप प्रस्तुत गरेको छ । यसमा प्रयोग गरिएको इलेक्ट्रोनिक कन्ट्रोल कम्प्रेसर सिस्टम समावेश भएको विश्वको पहिलो बाइक भएको कम्पनीले दाबी गरेको छ । सो बाइक हाल परीक्षण चरणमा रहेको छ ।

सो मोटरसाइकलमा ९०० सीसी क्षमताको ७५ डिग्री भी३आर इन्जिन राखिएको छ । यसमा तीन सिलिन्डरलाई ‘भी’ आकारमा राखिएको छ । यसको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको इलेक्ट्रोनिक कम्प्रेसर नै हो, जसले इन्जिनमा बढी हावा पठाएर बढी पावर प्रदान गर्छ ।  यसले टर्बोचार्जर वा सुपरचार्जर जस्तै पावर बढाउने काम गर्छ ।

यसको सबैभन्दा राम्रो पक्ष भनेको सामान्य  टर्बोचार्जरमा पावर ढिला आउँछ तर इलेक्ट्रोनिक कन्ट्रोल कम्प्रेसर भएको बाइक कम आरपीएममा तीव्र टर्क र तुरुन्तै पावर प्रदान गर्छ ।

कम्पनीले सो बाइकको ९०० सीसी इन्जिनले १२०० सीसी मोटरसाइकल बराबरको शक्ति प्रदान गर्न सक्ने दाबी गरेको छ। साथै आवश्यक समयमा मात्र हावा आपूर्ति गर्ने भएकाले इन्धन खपतमा सुधार र प्रदूषणमा कमी हुने अनुमान गरिएको छ।

हालका समयमा द्रुत गतिमा पावर उपलब्ध गराउने, उत्सर्जन घटाउने तथा कम क्षमताबाट बढी परफर्मेन्स दिने प्रविधिको खोजी भइरहेका बेला, होन्डाको सो मोडलले नयाँ युगको सुरुवातको संकेतका रूपमा हेरिएको छ। यद्यपि यसको व्यावसायिक उत्पादन कहिले हुने भन्ने जानकारी भने हालसम्म सार्वजनिक गरिएको छैन।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

रोयल इन्फिल्ड, होन्डा र हिरो मोटरसाइकल नेपालमै एसेम्बल हुने, दर्ता भए तीन उद्योग

नेपालमै मोटरसाइकल एसेम्बल गर्नका लागि चालु आर्थिक वर्षमा उद्योग विभागमा...

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाका दुई नयाँ विद्युतीय स्कुटरको प्रि–बुकिङ सुरु

होन्डाले आफ्नो दुई नयाँ स्कुटर एक्टिभा ईः र क्यूसी१ इलेक्ट्रिक स्कुटरको...

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

क्लासिक ३५० संग प्रतिस्पर्धा गर्न होन्डाले ल्यायो नयाँ बाइक

होन्डाले ३५० सिसी लाइनअपमा नयाँ मोटरसाइकल थप गरेको छ । सिबी ३५० नामले आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...