होन्डाको पहिलो शक्तिशाली इलेक्ट्रिक बाइक डब्ल्युएन७ सार्वजनिक

होन्डाले इटालीको मिलानमा आयोजित ईसीआईएमए २०२५ मोटर शोमा आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल डब्ल्युएन७ प्रस्तुत गरेको छ। कम्पनीको भनाइअनुसार सो इलेक्ट्रिक बाइक ६०० सीसी पेट्रोल बाइक सरह शक्तिशाली छ र फुल चार्जमा १४० किलोमिटरको रेन्ज प्रदान गर्न सक्षम छ । यसमा कार जस्तै पुश स्टार्ट/स्टप बटन राखिएको छ, जसले यसलाई आधुनिक मोटरिङ अनुभवसँग जोड्छ।

डिजाइनको कुरा गर्दा डब्ल्युएन७ मिनिमलिस्टिक र नेकेड स्टाइलमा तयार गरिएको छ । सो बाइक कपर एक्सेन्ट, म्याट ब्ल्याक र ग्रे गरी तीन रङका विकल्पमा उपलब्ध हुनेछ । यसको तौल २१७ किलो राखिएको छ, जसले स्थिरता र सवारी अनुभवमा सहयोग गर्छ।

होन्डाले यो मोडललाई “फन सेगमेन्ट”को अनुभवका लागि निर्माण गरिएको बताएको छ । परफर्मेन्सका लागि सो बाइकमा वाटर कुुुल्ड इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ५० किलोवाट पावर र १०० एनएम टर्क उत्पादन हुन्छ । मोटरमा पावर दिनका लागि बाइकमा सीसीएस२ फास्ट चार्जिङ सपोर्ट भएको ९.३ किलोवाट क्षमताको फिक्स्ड लिथियम आयन ब्याट्री जडान गरिएको छ, जसले १४० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको ब्याट्री ३० मिनेटमै २० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

होन्डा डब्ल्युएन७ मा ५ इन्चको टीएफटी स्क्रिन दिइएको छ । यसमा अल एलईडी लाइटिङ सेटअप, अगाडि यूएसडी फोर्क, पछाडि मोनोशक सस्पेन्सन, फ्रन्ट ड्युअल डिस्क र रियर सिंगल डिस्क ब्रेक जस्ता फिचरले बाइकलाई सुरक्षित र सहज सवारीका लागि उपयुक्त बनाउँछ ।

यसको उत्पादन जापानको कुमामोटो प्लान्टमा गरिने बताइएको छ र यसलाई क्रमशः विश्वभरको बजारमा विस्तार गरिँदै लैजाने योजना बनाइएको छ।

सम्बन्धित समाचारहरू

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

काठमाडौं– सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको...

टेल्जी लायन इलेक्ट्रिक स्कुटरको पावर क्लाउड मोडल नेपालमा

टेल्जी लायन इलेक्ट्रिक स्कुटरको पावर क्लाउड मोडल नेपालमा

काठमाडौं – टेल्जी इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक योममा...

यस्तो हुनेछ ओलाको पहिलो इलेक्ट्रिक कार

यस्तो हुनेछ ओलाको पहिलो इलेक्ट्रिक कार

ओलाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने भएको छ । कम्पनीले सो कारको पहिलो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...