पहिलो पटक कोरला पुग्यो बजाज चेतक इलेक्ट्रिक स्कुटर

काठमाडौँ - विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज चेतक ईभीमा एक असाधारण यात्रा सफलतापूर्वक पूरा गरेका छन् । उनले काठमाडौँबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमा अर्थात ४ हजार ६६० मिटर सम्मको यात्रा सम्पन्न गरे ।

यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित गर्दै, चुनौतीपूर्ण भू–भागहरूमा समेत सहज रूपमा यात्रा गर्न सक्छ भनेर प्रमाणित गरेर देखाएको बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बताएको छ ।

“एउटा इलेक्ट्रिक स्कुटरले यति कठिन परिस्थितिमा पनि सहजै यात्रा गर्न सक्छ भनेर “मैले कहिल्यै कल्पना गरेको थिइनँ ,” धिरेन मान श्रेष्ठले भने । “काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म, चेतक ईभीले एकदम उत्कृष्ट प्रदर्शन ग¥यो । यसको स्मुथ पावर डेलिभरी, प्रभावशाली रेंज र उच्च गुणस्तरको सस्पेन्सनले यो यात्रा सम्भव मात्र होइन, आनन्ददायी पनि बनायो ।”

श्रेष्ठको यो यात्रा नेपालको विद्युतीय गतिशीलता क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो । यसले ईभीहरू शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् भन्ने देखाउछ । “यो यात्राले चेतक ईभी केवल वातावरणमैत्री मात्र होइन, शक्तिशाली, भरपर्दो र लामो दूरीका लागि तयार छ भन्ने प्रमाणित गर्छ”, उनले थपे ।

बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको बताइएको छ ।

बजाज चेतक ईभी दक्षता, टिकाउपन र स्टाइलका लागि डिजाइन गरिएको एक प्रिमियम इलेक्ट्रिक स्कुटर हो । यसको सहज सवारी अनुभव र वातावरणमैत्री प्रविधिले नेपालमा शहरी तथा साहसिक यात्राको नयाँ पुस्ता प्रतिनिधित्व गर्छ ।

सम्बन्धित समाचारहरू

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी...

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

चखन्डोल सामुदायिक वनमा बीवाईडीले रोप्यो १५ सय विरुवा, वनको गौरवलाई पुनर्जीवन दिने अपेक्षा

काठमाडौं – बीवाईडी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक वितरक...

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

ईभी पिकअपमा बढ्यो १० गुणाले भन्सार, स्वरोजगार बन्न खोज्नेहरु निरुत्साहित

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...