महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी एक्सईभी ९एस चाँडै लन्च गर्ने, टिजर सार्वजनिक

महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउने तयारी पूरा गरेको छ। कम्पनीले चाँडै नै महिन्द्रा एक्सईभी ९एस लन्च गर्ने घोषणा गरिसकेको छ। कम्पनीले यसको एउटा टिजर पनि जारी गरेको छ, जसले एसयूभीको डिजाइन र सुविधाबारे महत्वपूर्ण संकेत दिएको छ।

महिन्द्राले आफ्नो इलेक्ट्रिक सवारी लाइनअपको विस्तारसहित सो नयाँ मोडल प्रस्तुत गर्न लागेको हो। रिपोर्टका अनुसार एक्सईभी ९एसको डिजाइन एक्सईभी ९ई भन्दा प्रिमियम र आधुनिक हुनेछ। यसमा प्यानोरामिक सनरुफ, आकर्षक एलईडी डिआरएलसहितको एलईडी हेडलाइट र शार्क फिन एन्टेनाजस्ता आधुनिक फिचर समावेश हुनेछ ।

रिपोर्टअनुसार महिन्द्रा एक्सईभी ९एस दुई छुट्टाछुट्टै ब्याट्री प्याकसहित आउनेछ । पहिलो ५९ किलोवाट क्षमताको ब्याट्रीले करिब ५४२ किलोमिटरसम्मको रेन्ज प्रदान गर्न सक्ने अनुमान गरिएको छ। दोस्रो, ७९ किलोवाट ब्याट्री प्याकले ६५६ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ ।

महिन्द्राले भारतीय बजारमा सो नयाँ इलेक्ट्रिक एसयूभीलाई नोभेम्बर २७ मा आधिकारिक रूपमा प्रस्तुत गर्ने घोषणा गरिसकेको छ। कम्पनीको विद्यमान इलेक्ट्रिक मोडलहरूमा यो सबैभन्दा उच्च श्रेणीमा रहने विश्वास गरिएको छ।

सम्बन्धित समाचारहरू

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

२०२४ मा विश्वभर ८ करोड ८३ लाख नयाँ कार बिक्री हुने

नेपाली बजारमा धेरै नयाँ कार बिक्री नभइरहेको अवस्था भए पनि विश्व बजारमा सन्...

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चर्चामा चांगानको मिराकल ब्याट्री, सिंगल चार्जमा १५ सय किमी चल्ने चर्चाले हंगामा

चिनियाँ ईभी निर्माता कम्पनी चांगानले विश्व बजारमा ल्याउने तयारीका साथ...

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

ओरा गुड क्याट अब ९९ किलोवाट मोटर सहित ओरा ०३ नाममा नेपाल आउने

काठमाडौं – नेपाली बजारमा गत वर्ष देखि परीक्षणमा रहेको ग्रेटवाल मोटर्सको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...