एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनर ओमोडा एन्ड जेइको, प्रिमियम गाडी उपहार दिने


काठमाडौँ— ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा सहकार्य गर्ने भएको छ । नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै, ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ ।

यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो । देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीहरूलाई एकजुट गर्दै खेलप्रति विशेष उत्साह जगाउने तथा राष्ट्रको गौरव बढाउने कार्य गर्दै आएको छ ।

नेपालका लागि ओमाेडा एन्ड जेइकाेकाे आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भने, “ओमोडा एन्ड जेइकाे ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ। यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।”

एनपीएल सिजन २ का ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउने बताएको छ ।

सहकार्यको मुख्य आकर्षणका रूपमा ओमोडा एन्ड जेइकोद्वारा मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी “म्यान अफ द टुर्नामेन्ट” लाई ब्रान्डको प्रिमियम गाडी प्रदान गरिनेछ ।

यो साझेदारीले नेपालको अटोमोटिभ क्षेत्रमा ओमोडा र जेइकोको बढ्दो उपस्थितिसँगै खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धतालाई पनि अझ सुदृढ बनाएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लीपमोटर सी–१० अब भैरहवा र बुटवलमा पनि, पाँचवटा गाडी ग्राहकलाई हस्तान्तरण

लिप मोटरले हालै नेपाल ल्याएको नयाँ बिद्युतिय कार सी–१० को बिक्री भैरहवा र...

सिंगल चार्जमा १३० किलोमिटर दुरी तय गर्ने बीएमडब्ल्युको इलेक्ट्रिक स्कुटर सार्वजनिक

सिंगल चार्जमा १३० किलोमिटर दुरी तय गर्ने बीएमडब्ल्युको इलेक्ट्रिक स्कुटर सार्वजनिक

बीएमडब्ल्युले नयाँ इलेक्ट्रिक स्कुटर सीई ०४ सार्वजनिक गरेको छ । कम्पनीले...

नेपालमा देखियाे नामी ०६ ईभी, नाडा अटाे शाेमा सजाउने तयारी

नेपालमा देखियाे नामी ०६ ईभी, नाडा अटाे शाेमा सजाउने तयारी

काठमाडौं – नेपालमा नयाँ ईभी नामी ०६ उपलब्ध भएकाे छ । साे ईभी हाल विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...