दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा
महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो...
महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभीमा अब फिजिकल चाबीको झन्झट बिना स्मार्टफोनबाटै सञ्चालन गर्न सकिने अत्याधुनिक सुविधा ल्याउन लागेको छ। सामसुङले बैंगलोरमा महिन्द्रासँग विशेष साझेदारीको घोषणा गरेपछि अब सामसुङ ग्यालेक्सी स्मार्टफोन प्रयोगकर्ताले आफ्नो महिन्द्रा इलेक्ट्रिक एसयूभीलाई सामसुङ वालेटमार्फतै लक, अनलक र स्टार्ट गर्न सक्नेछन् ।
भारतमा यस्तो सुविधा दिने महिन्द्रा पहिलो कम्पनी बन्न सफल भएको छ। यद्यपि हालका लागि सो सुविधा महिन्द्राको नयाँ इलेक्ट्रिक ओरिजिन सिरिज एक्सईभी ९ई र बीई ६ मा उपलब्ध हुनेछ। सो प्रविधि युजर्सका लागि सुविधाजनकको लागि मात्र नभई सुरक्षाको हिसाबले पनि निकै अत्याधुनिक भएको कम्पनीको दाबी छ । यसमा सामसुङ नक्सको डिफेन्स-ग्रेड सुरक्षा प्रयोग गरिएको छ। यसले प्रयोगकर्ताको डेटा र गाडीमा हुने पहुँचलाई पूर्णरूपमा सुरक्षित राख्नेछ।
उपभोक्ताका लागि यो सुविधा निकै फाइदाजनक हुनेछ । यदि प्रयोगकर्ताले हतारमा चाबी बिर्से आफ्नो स्मार्टफोनको सहायताले सहज रूपमा कार लक वा अनलक गर्न सकिनेछ। साथै परिवार वा साथीलाई पनि क्युआर कोडमार्फत अस्थायी एक्सेस दिन सकिनेछ । यसको विशेषता भनेको फोनको ब्याट्री सकिएको अवस्थामा वा फोन स्विच अफ भए पनि काम गर्छ ।
यदि फोन हरायो भने सामसुङ फाइन्ड एपमार्फत डिजिटल कीलाई तुरुन्तै रिमोटबाट लक वा डिलिट गर्न सकिने भएकाले सुरक्षा अझै मजबुत छ। यो सुविधा भारतमा स्मार्ट तथा कनेक्टेड अटोमोबाइल प्रविधिको युगलाई अघि बढाउने एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो...
महिन्द्राले निकट भविष्यमा सार्बजनिक गर्ने तयारी थालेको नयाँ इलेक्ट्रिक...
महिन्द्राले एक्सयुभी ७०० को ५ सिटर भेरियन्ट बन्द गरेको छ । एसयुभी अब ६ सिटर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...