फ्रान्सले सुरु गर्यो विश्वकै पहिलो गतिशील वायरलेस चार्जिङ मोटरवे

इलेक्ट्रिक सवारी साधनको लोकप्रियता तीव्र गतिमा बढिरहेका बेला, चार्जिङ सुविधाको अभाव अझै ठूलो चुनौती बन्दै आएको छ। विशेष गरी चार्जिङ स्टेशनहरू सीमित संख्यामा रहेका र मानिसहरूले घण्टौं लामो लाइनमा उभिनुपर्ने समस्या व्यापक छ। यस्तै अवस्थामा फ्रान्सले दिगो यातायाततर्फ ऐतिहासिक कदम चालेको छ।

फ्रान्सले विश्वकै पहिलो यस्तो मोटरवे सञ्चालनमा ल्याएको छ, जसमा इलेक्ट्रिक कारहरू सडकमै गतिमा हुँदा स्वचालित रूपमा चार्ज हुनेछ । अब कार रोक्नुपर्ने छैन, सवारी चलाउँदै गर्न सकिने ‘अन-दि-गो’ चार्जिङले भविष्यको इलेक्ट्रिक यातायात सिस्टमलाई नयाँ मोड प्रदान गरेको छ।

सो परियोजना ‘चार्ज एज यु ड्राइभ’ नाममा पेरिसबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित ए१९ मोटरवेमा सुरु गरिएको हो। भिन्ची अटोराउट्स, इलेक्ट्रियन, भिन्ची कन्स्ट्रक्सन, ग्यास्टेर आइफेल विश्वविद्यालय र हचिन्सनजस्ता अग्रणी कम्पनीहरू मिलेर सो प्रविधि विकास गरिएको हो। प्रयोगशाला परीक्षण सफल भएपछि सो सिस्टमलाई अब वास्तविक सडकमै परीक्षण गरिँदैछ।

मोटरवेको करिब १.५ किलोमिटर क्षेत्रमा भूमिगत कोइल जडान गरिएको छ, जसले सतहमुनि चुम्बकीय क्षेत्र सिर्जना गर्छ। रिसिभर कोइल जडान गरिएको ईभी जब यी कोइलमाथि गुजर्छ, चुम्बकीय ऊर्जा इलेक्ट्रिक ऊर्जामा परिणत भएर सोझै कारको ब्याट्रीमा पुगेको हुन्छ। यो प्रक्रिया कार चलिरहँदा लगातार जारी रहनेछ। अहिलेसम्मका प्रारम्भिक परीक्षण उत्साहजनक देखिएको छ । रिपोर्टका अनुसार सो सिस्टमले स्थिर परिस्थितिमा औसत २०० किलोवाटभन्दा बढी र स्थिर अवस्थामा ३०० किलोवाटभन्दा बढी पावर प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

ग्यारो स्कुटरको ‘चार्ज गर मुस्कान भर’ अफर, के-के छन् आकर्षण ?

ग्यारो स्कुटरको ‘चार्ज गर मुस्कान भर’ अफर, के-के छन् आकर्षण ?

काठमाडौं – ग्यारोले नेपालकै उच्चतम रेन्जको इलेक्ट्रिक स्कुटर डीटी ५३ मा...

एथर रिज्टा नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने, यस्तो छ विशेषता

एथर रिज्टा नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने, यस्तो छ विशेषता

काठमाडौं–एथरको वहुप्रतिक्षित इलेक्ट्रिक स्कुटर यहि साउन २१ देखी सुरु...

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

काठमाडौँ – निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...