बजाजले नेपाल ल्यायो दुई नयाँ चेतक इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र रेन्ज
काठमाडौँ — बजाज अटो लिमिटेडले नेपालका लागि आफ्नो आधिकारिक वितरक हंसराज...
काठमाडौं–नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको बजाज पल्सर बाइक ‘टु ह्विलर पार्टनर’को रुपमा जोडिएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी र एनपीएल आयोजक नेपाल क्रिकेट संघ (क्यान) बीच बिहीबार यस सम्बन्धी सम्झौता भएको हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र क्यान सचिव पारस खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार गोल्छा ग्रुपले एनपीएलमा तीन वटा पल्सर मोटरसाइकल प्रदान गर्नेछ । एनपीएलमा सर्वाधिक रन बनाउने, सर्वाधिक विकेट लिने र ईमर्जिङ प्लेअरलाई एक–एक थान बाईक दिने गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।
अभिमन्युले एनपीएलसँग जोडिन पाउँदा खुशी लागेको बताए । यस्तै क्यान सचिव पारस खड्काले पल्सरसँगको सहकार्यले क्रिकेट विकासमा सहयोग पुग्ने बताए । उनले यसपटक एनपीएल अझ व्यवस्थित ढंगले आयोजना गरिने जानकारी दिए । एनपीएल आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...