रेनो काइगर भयो नेपालमा सार्वजनिक : मूल्य २८.४९ देखि ३७.६९ लाख सम्म
काठमाडौं – नेपाली बजारमा रेनोको बहुप्रतीक्षित एसयूभी रेनो काइगर...
कुनै समय भारतको सबैभन्दा रुचाइएको एसयूभी रेनाे डस्टर अब पुनः भारतीय बजारमा फर्कन तयार भएको छ। कम्पनीले औपचारिक रूपमा डस्टर भारतमा पुनरागमन गर्ने घोषणा गरिसकेको छ र यसको लन्च मिति पनि सार्वजनिक भइसकेको छ। नयाँ डस्टर सन् २०२६ जनवरी २६ मा भारतीय बजारमा प्रस्तुत हुने भएको छ।
डस्टर सन् २०१२ मा पहिलोपटक भारतमा लन्च भएको थियो । डस्टरले विश्वभर १८ लाखभन्दा बढी प्रयोगकर्ताको मन जितेको छ, जसमा २ लाखभन्दा बढी भारतीय ग्राहकहरू पनि समावेश छन् । तर प्रतिस्पर्धा तीव्र बन्दै जाँदा यसको बिक्री कमजोर हुँदै गएको थियो र अन्ततः भारतमा यसको उत्पादन बिक्री रोकिएको थियो । तर अब फेरि रेनाे डस्टर पुन: लन्च हुने भएको छ ।
नयाँ डस्टरले पुनः प्रवेश पछि हुन्डाई क्रेटा, टाटा नेक्सन, किया सल्टोस, टोयोटा अर्बन क्रुजर हाइडर, मारुती सुजुकी ग्रान्ड भिटारा, टाटा कर्भ, होन्डा एलिभेट, स्कोडा कुशाक, फक्सवागन टाइगुन तथा एमजी एस्टरसँग प्रतिस्पर्धा गर्नेछ।
कम्पनीको २०२७ सम्मको अन्तर्राष्ट्रिय व्यापार रणनीतिमा नयाँ प्रविधि र गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिइएको छ र डस्टर त्यही योजनाअन्तर्गत पहिलो महत्वपूर्ण लन्च हुनेछ। यद्यपि, मोडलको स्पेसिफिकेसनको बारेमा हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन ।
काठमाडौं – नेपाली बजारमा रेनोको बहुप्रतीक्षित एसयूभी रेनो काइगर...
रेनोले आगामी दिनमा कन्सेप्ट कारको टिजर इमेज सार्वजनिक गरेको छ । हेर्दा...
डासियामा आधारित रेनेको नयाँ जेनेरेशन डस्टर पहिलिोपटक अनलाइनलमा लिक भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...