जापानी बजारका लागि बीवाईडीले ल्यायो नयाँ केई कार, यस्तो छ विशेषता

बीवाईडीले टोकियो मोटर शोमा जापानी बजारका लागि भनेरै डिजाइन गरिएको आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक केई कार ‘राको’ लाई डेब्यू गरेको छ । सो नयाँ कारलाई अर्को वर्षदेखी बिक्री थालिने जनाइएको छ ।

जापानी अटोमोबाइल बजारको एक तिहाइ भाग केई कारले आगटेको छ । यस्ता कार जापानमा निकै लोकप्रिय मानिन्छन् र प्राय सबैजसो ब्रान्डसंग यस सेग्ेमटमा विभिन्न मोडलहरु छन् । राकोको सुरुवाती मूल्य लगभग २.६ मिलियन येन (१७ हजार अमेरिकी डलर) हुने अपेक्षा गरिएको छ । राको जापानमा एटो ३, डल्फिन, सिल र सिलियन ७ पछि बीवाईडीको पाँचौं मोडेल हुनेछ ।

बीवाईडी राकोमा २० किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ र यसले सिंगल चार्जमा १८० किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । ४ सिट क्षमताको यस कारको लम्बाई ३३९५ एमएम, चौडाई १४७५ एमएम र उचाई १८०० एमएम रहेको छ ।

परम्परागत जापानी केई कारबाट प्रेरित यसको बाहिरी डिजाइन निकै आकर्ष रहेको छ । कारमा पछाडिको स्लाइडिङ डोर सहित चार वटा डोर राखिएको छ । अगाडि क्लोज्ड ग्रिल डिजाइनलाई सी आकारको हेडलाइट सँग जोडिएको छ । सथौ, पछाडिको भागमा गोलाकार थ्रु–टाइप टेललाइट जडान गरिएको छ ।

१०० किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्ने यस कारको अगाडी इलेक्ट्रिक मोटर जडान गरिएको छ । ककपिटमा एउटा इन्स्ट्रयुमेन्ट प्यानल, सेन्ट्रल कन्ट्रोल स्क्रिन, थ्री–स्पोक स्टेयरिङ ह्वील र ड्यासबोर्डमा आयताकार वातानुकूलित आउटलेट राखिएका छन् ।

सम्बन्धित समाचारहरू

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान, बीवाईडी गाडीमा ५ वर्ष निःशुल्क सर्भिसिङ र अन्य सुविधा

काठमाडौं – नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि...

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

बीवाईडीले टेस्लाको लागि नयाँ चुनौती खडा गर्दै आफ्नो नयाँ इलेक्ट्रिक कार...

नयाँ प्लेटफर्म ल्याउँदै बीवाइडी, ईभीको मूल्य कम हुने

नयाँ प्लेटफर्म ल्याउँदै बीवाइडी, ईभीको मूल्य कम हुने

चिनियाँ ईभी निर्माता बीवाइडीले नयाँ प्लेटफर्म ल्याउने तयारी थालेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...