रातमा गाडी चलाउँदा हेडलाइटको चमक बढाउने प्रभावकारी उपाय
रातिको समयमा गाडी चलाउँदा स्पष्ट दृश्यता हुनु सुरक्षाको सबैभन्दा...
हरेक कार मालिकका लागि गाडी केवल यात्राको साधन मात्र होइन, एक साथी पनि हो, जसले दैनिक जीवनका धेरै चुनौतीहरूमा साथ दिन्छ । तर कल्पना गर्नुहोस्, यदि बीच बाटोमा टायर पन्चर भयो, ब्याट्री सकियो, वा गाडी स्टार्ट नै भएन भने? यस्तो अवस्थामा केवल तयारीले नै तपाईंलाई बचाउन सक्छ । त्यसैले, प्रत्येक चालकसँग केही आवश्यक सामानहरू हुनु जरुरी छ जसले यात्रा सुरक्षित, सजिलो र आरामदायी बनाउँछ।
कार कभर: पहिलो आवश्यक वस्तु हो कार कभर। यदि तपाईंको घरमा ग्यारेज छैन भने, कार कभरले तपाईंको गाडीलाई धुलो, फोहोर, वर्षा र चराहरूको बिष्टाबाट जोगाउँछ। यसले बिहान गाडी सफा गर्ने झन्झटबाट पनि छुटकारा दिलाउँछ।
सफा गर्ने कपडा: सफा गर्ने कपडाको प्रयोग पनि अत्यावश्यक हुन्छ। कार्यालय वा मल पार्किङमा गाडीमा धुलो जम्मा हुनु सामान्य कुरा हो । नरम माइक्रोफाइबर कपडाले केही मिनेटमै तपाईंको कारलाई चम्काउन सकिन्छ । साधारण कपडाले गाडीको रङमा क्षति पुर्याउन सक्छ, त्यसैले सावधानी अपनाउनु जरुरी छ।
सिट कभर र फ्लोर म्याट: कारको इन्टेरियर सफा र आकर्षक बनाइराख्नका लागि सिट कभर र फ्लोर म्याट अत्यन्त जरुरी छ । यसले सिटलाई फोहोर हुनबाट जोगाउँछ र यसको रिसेल भ्यालु पनि हुन्छ । साथै फ्लोर म्याटले फोहोर र पानीबाट पनि सुरक्षित राख्छ ।
एयर फ्रेसनर: एयर फ्रेसनरले गाडीभित्रको वातावरणलाई ताजा राख्छ। सफा गाडी भए पनि यदि इन्टेरियर गन्धले भरिएको छ भने यात्राको मजा हराउँछ । सुगन्धित इन्टेरियर वातावरणले यात्राको मूडलाई पनि सकारात्मक बनाउँछ।
पङ्चर रिपेयर किट: पङ्चर रिपेयर किट प्रत्येक चालकका लागि अनिवार्य छ। बाटोमा टायर पङ्चर भएमा बिना कुनै झन्झट केही मिनेटमै समस्या समाधान गर्न सकिन्छ । आजकल ट्युबलेस टायरहरू सामान्य भएकाले यो किट अझ उपयोगी हुन्छ।
टायर इन्फ्लेटर र प्रेसर गेज: टायर इन्फ्लेटर र प्रेसर गेजले टायरको चाप जाँच्न र आवश्यकता अनुसार फुलाउन सहयोग गर्छ। सही चापले टायरको आयु बढाउँछ र इन्धनको खपत घटाउँछ।
जीपीएस नेभिगेटर: जीपीएस नेभिगेटर पनि आधुनिक यात्राको लागि आवश्यक उपकरण हो। नयाँ ठाउँमा यात्रा गर्दा दिशानिर्देश पत्ता लगाउन सजिलो बनाउँछ। यसले इन्टरनेट नहुँदा पनि उपग्रहमार्फत सही मार्ग देखाउँछ, जसले यात्रा सुरक्षित बनाउँछ।
टुल किट: कारमा कुनै स्क्रु खुकुलो वा हल्लिनुजस्ता समस्या भएमा यो किट अत्यन्त उपयोगी हुन्छ। यसले समय र खर्च दुबै बचत गर्छ।
पार्किङ सेन्सर र क्यामेरा: पार्किङ सेन्सर र पछाडिको क्यामेराले भीडभाड भएका ठाउँमा पार्किङ गर्न सजिलो बनाउँछ। यी उपकरणहरूले टक्कर र खरोंचबाट गाडीलाई जोगाउँछ । यदि तपाईंको कारमा यी फिचर नभएमा सजिलै जडान गर्न पनि सकिन्छ।
जम्पर केबल: अन्त्यमा, जम्पर केबल कारको ब्याट्री अचानक सकिँदा अत्यन्त उपयोगी हुन्छ । यसको मद्दतले अर्को कारको ब्याट्री प्रयोग गरेर आफ्नो कार पुनः स्टार्ट गर्न सकिन्छ । यो विशेष गरी अटोमेटिक गाडीका लागि जीवनरक्षक उपकरण साबित हुन सक्छ।
यी १० आवश्यक कारका सामानहरू केवल सुरक्षा र सजिलोका लागि मात्र होइन, हरेक यात्रालाई आत्मविश्वास र तयारीसहित अघि बढाउनका लागि पनि आवश्यक छ । कुनै पनि परिस्थिति सामना गर्न तयार चालक नै सुरक्षित चालक हो।
रातिको समयमा गाडी चलाउँदा स्पष्ट दृश्यता हुनु सुरक्षाको सबैभन्दा...
नेपालमा अहिले टुरिष्ट बसको प्रयोग बढ्दो छ । विशेष गरी अन्तर्राष्ट्रिय...
म्याग्दी – भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...