सुजुकी विन्टर अफर : मोटरसाइकल वा स्कुटर किन्दा १० हजार छुट
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...
जापानको सुजुकी मोटर कर्पोरेसनले भिजन ई–स्काई बीईभी कन्सेप्ट सार्वजनिक गरेको छ । आगामी अक्टोबर ३० देखि प्रारम्भ हुने जापान मोबिलिटी शो २०२५ भन्दा पहिले नै सो कन्सेप्ट सार्वजनिक गरिएको हो ।
सुजुकीको अफोर्डेबल र कम्प्याक्ट फ्युचर इलेक्ट्रिक भेइकल अर्थात ईभीतर्फको भिजन प्रस्तुत गरिएको सो कन्सेप्ट निकै नै आकर्षक छ । यद्यपि हाल भारत र नेपालमा समेत लोकप्रिय रहेको सुजुकीको गाडी वागन आरको अर्को भर्सन अर्थात नेक्स्ट जेन हो कि भनेर धेरैले अनुमान समेत गरेका छन् ।
सुजुकीले केही समय देखि भारत वा नेपाल लगायतका देशका लागि पहिलो इलेक्ट्रिक कारको रुपमा ई–भिटारा ईभी सार्वजनिक गरेको छ । सो ईभी बजारमा उपलब्ध हुन भने सन् २०२६ नै कुर्नु पर्ने भएको छ । टाटा र एमजी तथा हुन्डाई र बीवाईडी लगायत कम्पनीले इन्ट्री लेभल ईभी बजार तताइरहेको समयमा सुजुकी भने अहिले सम्म पनि चुप लागेर बसेको छ । यो अवस्थामा वागन आरलाई इलेक्ट्रिक भर्सनमा उतारेर नयाँ चमत्कार गर्न लागेको हो कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।
सुजुकीले प्रस्तुत गरेको भिजन ई–स्काई हेर्दा वागन आरको पहिचान बनेको टल–ब्वाई स्टाइल जस्तै छ । त्यसैगरी सर्ट ओभरह्याङ सहितको फ्ल्याट नोज र टेल छ भने यो हालको मारुती सुजुकी एस–प्रेसो भन्दा केही अग्लो छ । यद्यपि लम्बाई र चौडाई भने केही थोरै छ । यो जापनिज की कारको मापदण्डमा आधारित भए जस्तो लाग्छ ।
मल्टी–एरे एलईडी लाइट बार, सी आकारको डीआरएल र एरो–फ्रेन्ड्ली ह्विल लगायतका आकर्षक स्टाइल यसमा रहेका छन् । टु टोन कलर स्किम लगायतका फिचरले यसलाई अझै आकर्षक बनाएको छ ।
भिजन ई–स्काईको कन्सेप्टले २७० किलोमिटरको रेन्ज दिने बताइएको छ । सहरी यात्राका लागि यो उपयुक्त हुन सक्छ । यद्यपि यसको प्रोडक्सन भर्सन भने सन् २०२६ मा मात्र लन्च हुने बताइएको छ ।
यो गाडी लन्च भएमा टाटा टियागो र एमजी कमेट लगायतका ईभीसँग प्रतिस्पर्धा हुनेछ भने यसले ईभी सेगमेन्टमा नयाँ पहिचान कायम गर्नेछ । त्यसैगरी सुजुकीलाई पनि ईभी बजारमा स्थापित गर्नेछ ।
काठमाडौं – सुजुकी टु ह्विलरको नेपालका लागि आधिकारिक वितरक भीजी...
काठमाडौं – ईभी नेपाल मोटर्सको सोरुम काठमाडौंको नक्सालमा खुलेको छ ।...
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...