फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं–फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडल टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक ‘जिरो कस्ट अफर’ घोषणा गरेको छ । यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पिएमएस) को सुविधा पाउनेछन् ।

यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बन्वे विश्वास लिइएको छ । अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहने जनाइएको छ ।

निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन आयल, गियर आयल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन् । यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन् ।

फोटोनले यी पाट्र्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ । यद्यपी, यो सेवा माथि उल्लेख गरिएका पाट्र्सहरूमा मात्र सीमित रहने कम्पनीको भनाई छ ।

टुनल्याण्ड नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा लोकप्रिय रहँदै आएको छ । यो गाडी लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ ।

‘जिरो कस्ट अफर’ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको छ । यस अफरमार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचारहरू

फोटोन ईभी किन्दा यामाहा मोटरसाइकलदेखि टीभी र फ्रिजसम्म उपहार पाइने, नगद छुट पनि

फोटोन ईभी किन्दा यामाहा मोटरसाइकलदेखि टीभी र फ्रिजसम्म उपहार पाइने, नगद छुट पनि

काठमाडौं– दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी...

इटहरीमा फोटोनको नयाँ शोरुम

इटहरीमा फोटोनको नयाँ शोरुम

काठमाडौं – फोटोन मोटर्स नेपालले इटहरीमा आफ्नो नयाँ शोरूम विस्तार गरेको छ...

बिक्री पछिको सेवालाई सुनिश्चित गर्दै ‘फोटोन टोटल केयर’

बिक्री पछिको सेवालाई सुनिश्चित गर्दै ‘फोटोन टोटल केयर’

काठमाडौँ – फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...