नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनोले ब्राजिलमा आफ्नो नयाँ पुस्ताको इलेक्ट्रिक कार ‘क्विड ई-टेक २०२६’ पेश गरेको छ । सो मोडल कम्पनीको इन्ट्री-लेभल इलेक्ट्रिक ह्याचब्याकको रिफ्रेस गरिएको संस्करण हो, जसमा डिजाइनदेखि लिएर सुरक्षा र प्रविधिसम्म उल्लेखनीय सुधार गरिएको छ।
नयाँ क्विड ई-टेक २०२६ अब आफ्नो अघिल्लो संस्करणभन्दा अझै आकर्षक र शार्प बनाइएको छ। यसको बाहिरी डिजाइनमा धेरै परिवर्तन गरिएको छ, जसमा पछाडिको भाग बाहेक लगभग सबै प्यानलहरु पुनः डिजाइन गरिएको छ । फ्रन्टमा पियानो-ब्ल्याक ग्रिल, फुल एलईडी हेडलाइट र टेललाइट दिइएको छ ।
यसको इन्टेरियरमा पनि ठुलो परिवर्तन गरिएको छ। यसमा नयाँ ड्यासबोर्ड, ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ, जसले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्छ । गियर लिभर, इन्स्ट्रयुमेन्ट सराउन्ड र डाेर ह्यान्डलहरूमा सेतो रङका हाइलाइट प्रयोग गरिएको छ ।
नयाँ क्विड ई-टेक २०२६ ब्राजिलको बजारमा आफ्नो सेगमेन्टको पहिलो यस्तो कार हो जसमा ११ वटा एडास सिस्टम र ६ वटा एयरब्याग उपलब्ध छ । यसमा लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ट्राफिक चिन्ह पहिचान, चालक थकान पत्ता लगाउने, हिल-स्टार्ट असिस्ट, स्पिड लिमिटर एन्ड क्रुज कन्ट्रोल, फ्रन्ट र रियर पार्किङ सेन्सर र रियरभ्यु क्यामेरा जस्ता सेफ्टी फिचर समावेश छ ।
यसमा प्रयोग गरिएको मोटरले ६५ बीएचपीको पावर प्रदान गर्छ । यसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ४.१ सेकेन्डमा लिन सक्छ। कारमा २६.८ किलोवाट प्रतिघण्टाको ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले १८० किलोमिटरको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
सो ईभीलाई सामान्य २२०भी सकेट प्रयोग गरेर ९ घण्टामा २० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै ७ किलोवाट क्षमताको एसी वालबक्स प्रयोग गरेर ३ घण्टामा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी, ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर प्रयोग गरेर ४५ मिनेटमा फुल चार्ज गर्न सकिन्छ । यसमा २९० लिटर बुट स्पेस प्रदान गरेको छ । साथै पछाडिका सिट फोल्ड गरेर यो क्षमता ९९१ लिटरसम्म पुग्छ। यसको ग्राउन्ड क्लियरेन्स १७२ एमएम रहेको छ ।
रेनोले सो मोडललाई इलेक्ट्रिक मोबिलिटीमा आफ्नो इन्ट्री-लेभल कारको रूपमा राखेको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...