सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ डिसेम्बरमा लन्च हुने

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई-भिटारा’ बजारमा ल्याउने तयारी गरेको छ। सो एसयूभी डिसेम्बर २०२५ सम्ममा बजारमा आउने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई यसअघि इन्डिया मोबिलिटी ग्लोबल एक्सपाे २०२५ मा सार्वजनिक गरेको थियो ।

ई-भिटाराको ठूलो उत्पादन सन् २०२५ को अगस्टबाटै सुरु भइसकेको छ र अन्तर्राष्ट्रिय बजारमा हालसम्म ६ हजार भन्दा बढी युनिट पठाइसकिएको छ। सो एसयूभी बेलायत, जर्मनी, नर्वे, फ्रान्स लगायत १२ युरोपेली देशहरूमा २ हजार ९ सय भन्दा बढी युनिट पठाइएको छ। कम्पनीले सो गाडीलाई विश्वका १०० भन्दा बढी देशहरूमा निर्यात गर्ने योजना बनाएको छ।

ई-भिटारा कम्पनीको प्रिमियम नेक्सा डिलरशिपमार्फत बिक्री गरिनेछ । यसको सुरुवाती मूल्य करिब १७ लाख भारु हुने अनुमान गरिएको छ । यसमा चीनको बीवाईडी कम्पनीबाट आपूर्ति गरिएका ४८.८ किलोवाट क्षमताको र ६१.१ किलोवाट क्षमताको दुई एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ । कम्पनीका अनुसार सो मोडलले एकपटकको चार्जमा ५०० किलोमिटरभन्दा बढी रेन्ज तय गर्ने दाबी गरेको छ ।

सो एसयूभी डेल्टा, जेटा र अल्फा गरी तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसमा सानो ब्याट्री प्याक भएको मोडलले १४४ पीएस पावर र १९२.५ एनएम टर्क प्रदान गर्नेछ भने ठूलो ब्याट्री प्याक भएको मोडलले १७४ पीएस पावर र समान १९२.५ एनएम टर्क उत्पादन गर्नेछ। डीसी फास्ट चार्जिङ सुविधा सहित, सो ब्याट्री ० देखि ८० प्रतिशतसम्म केवल ५० मिनेटमा चार्ज गर्न सकिन्छ ।

ई-भिटारामा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.१ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, लेभल २ एडास, सात एयरब्याग र ३६० डिग्री क्यामेरा जस्ता आधुनिक फिचर समावेश छ । यो गाडीले हुन्डाई क्रेटा इलेक्ट्रिक, टाटा कर्भ ईभी, टाटा ह्यारियर ईभी, महिन्द्रा एक्सईभी ९ई र एमजी जेडएस ईभी जस्ता लोकप्रिय इलेक्ट्रिक एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालमा पनि हालै सम्पन्न नाडा अटाे शाे २०२५ मा याे गाडी प्रदर्शन गरिएकाे थियाे । नेपालमा समेत याे गाडी उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं विश्वविद्यालयमा सञ्चालनमा आयो बीवाईडीको चार्जिङ स्टेसन

काठमाडौं युनिभर्सिटी अन्तर्गत धुलिखेल क्याम्पसमा बीवाईडी चार्जिङ स्टेसन...

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

नाडा टिमद्वारा गाडी र स्पेयर पार्ट्स आयात रोकिएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण : छलफल गर्ने आश्वासन

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालका पदाधिकारीहरुले हालै...

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान नेपालमा आउँदै

नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्रान्डको विद्युतीय माइक्रो भ्यान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...