नेपाली ड्राइभर र राइडरलाई मद्रासमा मोटरिङको अवसर

काठमाडौं - नेपाली मोटरसाइकल रेसर तथा कार्ट्स ड्राइभरहरूले मद्रासको अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा रेसिङ गर्ने अवसर पाउने भएका छन् । अक्टोबर ८ देखि १० तारिखसम्म थाइल्याण्डको चिङ्गमाइमा भइरहेको एफआईए एशिया प्यासीफिक कङ्ग्रेसका दौरान फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) का बोर्ड सदस्य तथा मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी) का निर्देशक विक्की चान्धोकले घोषणा गरेका हुन् ।

नासा नेपालको प्रस्तावमा क्षेत्रीय सहकार्यको अवधारणामा आधारित रही सो सहकार्यको सार्वजनिक घोषणा गरिएको हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का कार्यकारी निर्देशक गोविन्द भट्टराई तथा मद्रास मोटर स्पोर्ट्स क्लबका सञ्चालक एवं फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डियाका बोर्ड सदस्य चान्धोकबीच यसबारे सहमति भएको हो ।

वार्षिक तीन वटा कार्यक्रम सो ट्रयाकमा आयोजना गरिने छन्, जसमा एउटा मोटरसाइकलको, एउटा कार्ट्सको र अर्को मार्शलको हुनेछ । जसअन्तर्गत प्रत्येक वर्ष १६ जना राइडरहरूलाई मद्रास ट्रयाकमा दुई दिने रेसिङ तथा प्रशिक्षणसहितको प्रतियोगितामा सहभागी गराइनेछ ।

एमएमएससी–नासा नेपाल राष्ट्रिय च्याम्पियनसिपका नाममा हुने सो रेसिङका लागि सम्पूर्ण ग्राउण्ड खर्च (ट्रयाक र मेसिनसहित) एमएमएससीले निःशुल्क उपलब्ध गराउनेछ भने नेपाली राइडरहरूको छनोट, सहभागिता, लाइसेन्सिङ र प्रतियोगिताको आधिकारिक जिम्मेवारी नासा नेपालकै हुनेछ ।

अधिकतम १६ जना राइडर र अफिसियल रहने नेपाली टोलीले प्रतिस्पर्धाका साथै प्रशिक्षण र व्यवस्थापनसम्बन्धी ज्ञान प्राप्त गर्ने अवसर पाउनेछन् । त्यसैगरी १६ जना कार्ट्स ड्राइभरहरूलाई सोही ट्रयाकमा व्यावहारिक तथा प्रतियोगितात्मक अनुभव प्रदान गरिनेछ । नासा नेपाल–एफएमएससीआई कार्टिङ च्याम्पियनसिपका नाममा हुने सो प्रतियोगिताले नेपाली ग्रासरुट मोटरस्पोर्ट्सको विकासमा महत्वपूर्ण सहयोग पुग्नेछ । १६ जना युवा कार्ट्स ड्राइभर तथा दुई जना प्राविधिक वा अफिसियलले सो अवसर पाउनेछन् । साथै, सो दुई कार्यक्रमकै क्रममा मोटरस्पोर्ट्सका लागि आवश्यक दक्ष मार्शलहरूको अभिमुखीकरण पनि गरिनेछ ।

सो कङ्ग्रेसमा सहभागी संघका सचिव सन्तोष न्यौपानेका अनुसार, यस किसिमको सहकार्य नेपाली मोटरस्पोर्ट्सको दिगो विकासका लागि एक महत्वपूर्ण कदम हुनेछ । नेपालमै व्यवस्थित रेसिङ ट्रयाकको अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै, मित्रराष्ट्र भारतको सहरमा रहेको सो ट्रयाकमार्फत नेपाली ड्राइभर र राइडरहरूलाई प्रतियोगिता तथा प्रशिक्षणको थप अवसर उपलब्ध गराउन फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया र मद्रास मोटर स्पोर्ट्स क्लब सधैं उत्साहित रहेको चान्धोकको भनाइ रहेको छ ।

अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए)का उच्च अधिकारीहरूको उपस्थितिमा गरिएको सो घोषणालाई अन्य सदस्य राष्ट्रहरूले समेत प्रशंसा गरेका छन् । मोटरस्पोर्ट्सका तीन वटा अन्तर्राष्ट्रिय महासंघहरू एफआईए, अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ, एफआईएम (अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ) तथा यूआईएम (अन्तर्राष्ट्रिय पावरबोट संघ) मा नासा नेपाल आबद्ध रहेको छ भने हाल यसले हवाइ रेसिङका क्षेत्रमा ड्रोन र रोबोटिक खेलहरूमा समेत प्रवेश गरेको छ ।

सन् १९५२ मा दक्षिण भारतको मद्रास (हालको चेन्नई) सहरमा स्थापना गरिएको मद्रास मोटर स्पोर्ट्स क्लब (एमएमएससी) भारतको मात्र नभई एशियाकै ऐतिहासिक तथा प्रतिष्ठित मोटरस्पोर्ट्स क्लब हो, जसले फेडेरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डियाको संस्थापक सदस्यको रूपमा समेत योगदान गरेको छ ।

सम्बन्धित समाचारहरू

चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना हुने

चितवनमा पहिलो पटक नेपाल अटो जिमखाना हुने

चितवनमा पहिलो पटक अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । नेपाल...

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

नासा नेपालको साधारण सभा सम्पन्न, प्रदेश संघ वागमतीले पायो एक्टिभ अवार्ड

काठमाडौं – नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को दशौ वार्षिक साधारण...

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन महिला मोटर -याली र नेपाल अटो जिमखाना सम्पन्न

चितवन – चितवन महिला मोटर -याली तथा नेपाल अटो जिमखाना सफलतापूर्वक सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...