ब्राजिलका राष्ट्रपति वने बीवाईडीको १ करोड ४० लाखौं कारको मालिक

बीवाईडीले आफ्नो १ करोड ४० लाखौं न्यू इनर्जी भेइकल ब्राजिलस्थित प्लान्टमा उत्पादन गरेको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा, उपराष्ट्रपति गेराल्डो अल्कमिन, चिनियाँ राजदूत झु क्विङकिया र बीवाईडीका अध्यक्ष वाङ चुआनफु उपस्थित एक विशेष समारोहविच उक्त माइलस्टोन पुरा भएको घोषणा गरिएको हो ।

बीवाईडीको १ करोड ४० लाखौं कार सङ प्रो हाइब्रिड मोडल रहेको र यसलाई एक विशेष समारोहविच राष्ट्रपति लुलाको नाममा दर्ता गरिएको थियो, जसले गर्दा उनी यसको मालिक बनेका थिए ।

चिनियाँ मिडियाबाट प्राप्त जानकारी अनुसार, लुलालाई डेलिभर गरिएको गाडी बीवाईडीको पहिलो ‘सुपर–फ्लेक्सिवल’ हाइब्रिड मोडेल हो, जुन दक्षिण अमेरिकी बजारको लागि तयार पारिएको छ । यसमा बीवाईडीको नवीनतम हाइब्रिड प्रविधि रहेको छ, जुन स्थानीय ड्राइभिङ र इन्धन अवस्थाहरूको लागि इन्धन दक्षता र प्रदर्शन दुवैलाई अनुकूलन हुनेगरी डिजाइन गरिएको हो ।

कार्यक्रममा बोल्दै बीवाईडीका अध्यक्ष वाङ चुआनफुले बीवाईडी गित ११ वर्षदेखी ब्राजिलमा रहँदै आएको र हाल १ लाख ७० हजार भन्दा बढी स्थानीय ग्राहकहरूलाई सेवा दिइरहेको बताए । कम्पनीले लगातार दुई वर्षदेखि ब्राजिलको न्यू इनर्जी भेइकल बजारको नेतृत्व गर्दै आएको छ ।

बीवाईडीका लागि निकै नै महत्वपूर्ण बजार बन्दै गरेको ब्राजिलमा कम्पनीले विद्युतीय बस निर्माण, यात्रुवाहक सवारी साधन उत्पादन र ब्याट्री एसेम्बली परियोजनालाई एकसाथ अघि बढाएको छ ।

सम्बन्धित समाचारहरू

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

टेल्जीमा प्रयोग गरिने ब्याट्रीका लागि बीवाईडी र टेल्जीले सहकार्य गर्ने

चाइनिज ईभी तथा ब्याट्री निर्माता कम्पनी बीवाईडीले चाइनिज टु ह्विलर जायन्ट...

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

बीवाईडीले ब्लेड ब्याट्रीसहित एट्टो २ मिनी इलेक्ट्रिक एसयूभी ल्याउने

चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले चाँडै नै भारतीय र केही...

विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट बनाउँदै बिवाईडी

विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट बनाउँदै बिवाईडी

बिवाईडीले विश्वकै ठूलो सोडियम आयोन ब्याट्री प्लान्ट निर्माण गर्ने भएको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...