मोटरसाइकलको रङ बिग्रन नदिन अपनाउनुस् यी उपाय

मोटरसाइकल चालकका लागि आफ्नो बाइकको रङ लामो समयसम्म चम्किलो राख्नु ठूलो चुनौतीजस्तै हुन्छ। नयाँ बाइक शोरूमबाट निस्कँदा निकै आकर्षक र चम्किलो देखिन्छ, तर केही महिनापछि वा वर्षौँमा यसको रङ फिका हुन थाल्छ। धुलो, घाम र वर्षाले रङलाई क्रमशः क्षतिग्रस्त बनाउँदै लैजान्छ ।

तर प्राकृतिक कारण मात्र नभई, चालकले दैनिक जीवनमा गर्ने केही सामान्य गल्तीले पनि बाइकको रङलाई छिट्टै बिगार्छ । मोटरसाइकलको रङलाई लामो समयसम्म नयाँ जस्तै राख्न यी गल्तीहरू तुरुन्तै रोक्नु आवश्यक छ।

गलत साबुनको प्रयोग : अधिकांश चालकहरु बाइक धुन घरेलु डिटर्जेन्ट प्रयोग गर्छन्। तर डिश साबुन वा भाँडा धुने तरल पदार्थले पेन्टको सुरक्षात्मक तहलाई हटाइदिन्छ, जसले गर्दा रङले आफ्नो चमक गुमाउन थाल्छ। त्यसैले, बाइक धुँदा सधैं कार वा मोटरसाइकल श्याम्पु प्रयोग गर्नुपर्छ। यो उपलब्ध नभएमा कपाल धुने श्याम्पु वा लुगा धुने हल्का डिटर्जेन्ट पनि प्रयोग गर्न सकिन्छ।

कडा वा सुख्खा कपडाले पुछ्नु : धुलो लागेको बाइकलाई सिधै कडा कपडा वा सुख्खा रुमालले पुछ्दा पेन्टमा मसिनाे काेरिन्छ। समयसँगै बढ्दै गएर यसले बाइकको चमक घटाउँछ। त्यसैले, सधैं माइक्रोफाइबर वा सफा नरम सुती कपडाको प्रयोग गर्नुपर्छ।

ट्याङ्कीमा फोहोर कपडा वा कभर राख्नु : मोटरसाइकलको ट्याङ्कीमा फोहोर कपडा वा कभर राख्ने बानी पनि पेन्टलाई बिगार्ने अर्को कारण हो। हावा वा कम्पनका कारण कपडाले लगातार ट्याङ्कीमा रगड्दा गोलाकार दाग उत्पन्न हुन्छ। त्यसैले, ट्याङ्कीमा कपडा राख्ने बानीलाई तुरुन्तै बन्द गर्नु उपयुक्त हुन्छ।

चर्को घाममा लामो समयसम्म बाइक राख्नु : सबैभन्दा ठूलो गल्ती भनेको मोटरसाइकललाई लामो समयसम्म चर्को घाममा पार्क गर्नु हो । सूर्यको किरणले रङगलाई फिका बनाउँछ र समयभन्दा अगावै बाइकको चमक हराउँछ। त्यसैले, सम्भव भएसम्म बाइकलाई छायाँमा राख्नु वा उचित कभर लगाएर मात्र पार्क गर्नु राम्रो हुन्छ।

सम्बन्धित समाचारहरू

सीएफमोटो ४५० एमटी राइडर अपर मुस्ताङ पुग्ने, एड्भेन्चर राइडको मज्जा लिने

सीएफमोटो ४५० एमटी राइडर अपर मुस्ताङ पुग्ने, एड्भेन्चर राइडको मज्जा लिने

काठमाडौं – नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक रिलायन्स ग्रुप...

चैत ११ देखि चितवन–डोल्पा राइड हुने, ४ प्रदेशका १५ जिल्ला समेटिने

चैत ११ देखि चितवन–डोल्पा राइड हुने, ४ प्रदेशका १५ जिल्ला समेटिने

चितवन – आन्तरिक पर्यटन र साहसिक मोटरसाइकल टुरिजम ‘राइड टुरिजम’ लाई बढावा...

९ लाख २५ हजार सम्मका जुमाभ ब्रान्डका डर्ट बाइक भित्रिदै नेपाल

९ लाख २५ हजार सम्मका जुमाभ ब्रान्डका डर्ट बाइक भित्रिदै नेपाल

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड जुमाभका विभिन्न मोडलका बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...