नेपाली बजारमा उपलब्ध कम मूल्यका टप ४ टर्बो पेट्रोल कार
नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...
निसानले आगामी दिनमा बजारमा ल्याउने सी–सेगमेन्ट एसयूभीको नाम ‘टेक्टोन’ हुने औपचारिक रुपमा जानकारी सार्वजनिक गरेको छ ।
निसान इन्डियाले युट्युब लाइभमार्फत सो जानकारी सार्वजनिक गरेको हो । निसान मोटर कम्पनीका कर्पोरेट एक्जिक्युटिभ अल्फोन्सो अल्बेइसा र सिनियर डिजाइन डाइरेक्टर केन लीले यसको समग्र पक्षका वारेमा जानकारी दिए ।
भारतमा आगामी सन् २०२६ को मध्य देखि बिक्री प्रारम्भ हुने सो एसयूभी ग्लोबल मोडल हुनेछ र यसमा रेनो डस्टरमा प्रयोग गरिएकै प्लेटफर्म प्रयोग हुनेछ ।
कम्पनीका अनुसार निसान टेक्टोनको डिजाइन निसान ब्रान्डको फ्ल्यागसिप प्याट्रोल एसयूभीबाट प्रभावित छ । सो एसयूभीको लुकलाई अन्तिम रुप दिनु पहिले निसान डिजाइन टिमले भारत, जापान र युके लगायतबाट सुझाव लिएको बताइएको छ ।
यसको फ्रन्टमा सी–आकारको एलईडी डे टाइम रनिङ लाइट सिग्नेचर छ, जुन समतल रुपमा फैलिएको एलईडी हेडल्याम्पसँगै -याप गरिएको छ र यो फराकिलो छ । यसको बिचमा ट्विन क्रोम स्लेट र बोल्ड निसान लोगो छ । पछिल्लो भागमा पनि सी–आकारकै एलईडी लाइट बार छ, जुन एङगुलर टेलल्याम्पसँग लिंक भएको छ । यसको डिजाइन डिटेलले हिमालयलाई संकेत गर्ने बताइएको छ ।
हाल निसानले यसको क्याबिन र अन्य जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यसमा रेनो डस्टरमा भएको फिचर नै हुने अनुमान गरिएको छ । यसको टप स्पेक भेरिएन्टमा १०.१ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर हुनेछ भने ३६० डिग्री क्यामेरा, रियर एसी भेन्ट्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल र मल्टिपल ड्राइभ मोड लगायतका फिचर हुनेछन् । त्यसैगरी सेफ्टी फिचरको रुपमा ६ एयरब्याग र एडास फिचर समेत हुनेछन् ।
निसान टेक्टोनमा १.३ लिटर टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले १५४ एचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ । यसलाई ७–स्पिड ड्युअल क्लच अटोमेटिक गियरबक्ससँग जोडिने छ । यसको गियरबक्स र अन्य थप जानकारी भने सार्वजनिक गरिएको छैन ।
निसान टेक्टोनसँगै निसानले हाल बजारमा लोकप्रिय हुन्डाई क्रेटा, किया सेल्टोस र सुजुकी ग्रान्ड भिटारा लगायतसँग प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।
नेपाली बजारमा समेत कार पारखीहरु बढिरहेका छन् । इन्ट्री लेवल देखि...
काठमाडौं – निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
जापानी अटोमोबाइल निर्माता होन्डा, निसान र मित्सुबिशीले व्यापार एकीकरणमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...