काठमाडौँ जोड्ने सडक खुले, सवारी चलाउन प्रशासनले दियो अनुमति

काठमाडौँ–काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न सडकहरू एकतर्फी रूपमा खुलेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना निकालेर एकतर्फी रुपमा सडक खुलाइएको र अब गाडी चल्न सक्ने जनाएको छ ।

बाढी पहिरोको विपद्का कारण हुन सक्ने सम्भावित दुर्घटना रोक्न भन्दै सरकारले हिजो बिहानदेखि तीन दिनसम्म काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन चल्न रोक लगाएको थियो । जसका कारण कुनै पनि नाकाबाट काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन ठप्प थिए ।

तर वर्षा रोकिएसँगै पहिरो पन्छाउन थालिएको र राजमार्गहरूमा एकतर्फी सवारी सवारी चलाउन सकिने जानकारी आएकोले सवारी खुलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । सवारी साधन चलाउँदा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको निर्देशन र सडकका संकेत तथा नियम पालना गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...