रसुवागढीको मितेरी पुल निर्माणमा तीव्रता

रसुवा - गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल निर्माणमा तीव्रता दिइएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार खोलाको पानीलाई ह्युमपाइपको सहायताले एकत्रित गरी चिनियाँ प्राविधिकले नेपाल तर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन्। अहिलेकै गतिमा काम गरेमा तिहार भन्दा अगाडि पुल निर्माण हुने प्रजिअ पन्थीले बताए।

त्यसैगरी पानीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण यही असोज २५ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गल्छि–त्रिशुली मैलुङ–स्याफ्रुबेँसी– रसुवागढी सडक सुधार आयोजनाले जनाएको छ ।

निर्माण सामग्री ढुवानी भइसकेका कारण दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरू गरिने उक्त सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीले जानकारी दिए।

सम्बन्धित समाचारहरू

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र, म्याद ६ महिना थप 

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र, म्याद ६ महिना थप 

चितवन। पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार...

नयाँ वर्षमा घुम्न जाने होइन त ? यी हुन् उपत्यका नजिकका १० स्थान

नयाँ वर्षमा घुम्न जाने होइन त ? यी हुन् उपत्यका नजिकका १० स्थान

काठमाडाै – नयाँ वर्ष २०८१ आइसक्यो। नयाँ वर्षको दिन नयाँ ठाउँ घुम्नेसोच त...

थप प्रविधिमैत्री र सुविधायुक्त बन्दै सार्वजनिक यातायात, अब के गर्न सकिन्छ ?

थप प्रविधिमैत्री र सुविधायुक्त बन्दै सार्वजनिक यातायात, अब के गर्न सकिन्छ ?

साझा यातायातले आफ्ना सम्पूर्ण बसहरुलाई प्रविधिमैत्री बनाउने क्रमलाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...