हुन्डाईले नयाँ पुस्ताको आई२० परीक्षण गर्दै, २०२६ मा लन्च हुने सम्भावना

हुन्डाईको लोकप्रिय प्रिमियम ह्याचब्याक आई२०को नयाँ पुस्ता लन्च गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले हाल यसको परीक्षण गरिरहेको छ ।

परीक्षणमा देखिएको नयाँ पुस्ताको आई२० मा नयाँ टेललाइट, रियर बम्पर, नयाँ एलईडी टेललाइट र एलईडी डीआरएल जस्ता आधुनिक प्रविधि समावेश गरिएको छ । साथै यसको इन्टेरियर डिजाइनमा पनि ठूलो परिवर्तन गरिएको अपेक्षा गरिएको छ ।

नयाँ आई२० मा १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । साथै, बलियो हाइब्रिड सिस्टमसमेत प्रस्ताव गरिने सम्भावना छ, जसले यसलाई भविष्यको प्रविधि अनुरूपको गाडी बनाउनेछ।

यद्यपि, कम्पनीले यसको आधिकारिक रूपमा लन्च मिति घोषणा गरेको छैन। रिपोर्टका अनुसार, नयाँ पुस्ता २०२६ सम्म बजारमा आउने अनुमान गरिएको छ।

हुन्डाई आई२० भारतीय बजारमा प्रिमियम ह्याचब्याक सेग्मेन्टमा मारुती सुजुकी बलिनो, टाटा अल्ट्रोज र टोयोटा ग्लान्जाजस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...