टाडा २०२५ मा चांगान दिपलको दबदबा : दिपल एस०७ र एस०५ ले जित्यो ग्लोबल डिजाइन अवार्ड

अटोमोबाइल डिजाइनको ग्लोबल हब मानिने इटालीको टुरिनमा जारी अटो शाेको अवसरमा आयोजना भएको टुरिनो अटोमोटिभ डिजाइन अवार्ड (टाडा) मा चांगानको दिपल एस०७ ले बेस्ट एक्टेरियर डिजाइन अवार्ड र दिपल एस०५ ले बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड जितेको छ । यी उपलब्धिहरुले चांगानको विश्वव्यापी डिजाइन क्षमता र सौन्दर्यलाई स्मार्ट प्रविधिसँग संयोजना गर्ने प्रतिबद्धतालाई जोड दिएकाे कम्पनीको भनाइ छ ।

`पिमोन्टे मिट चाइना’ अवधारणामा सुरु भएको टाडा अवार्ड विशेषगरी युरोपेली बजारमा चिनियाँ अटोमोबाइल निर्माता कम्पनीहरुको डिजाइन योगदानमा केन्द्रित छ । टुरिनका प्रतिष्ठित संस्थाहरुले नेतृत्व गरेको यो पुरस्कार पाँच वटा डिजाइनका क्षेत्रमा सर्वश्रेष्ठ उत्पादनलाई प्रदान गरिन्छ जसमा एक्सटेरियर डिजाइन, इन्टेरियर डिजाइन, ह्युमन सेन्ट्रिक इन्टिग्रेसन, मेटेरियल एन्ड सस्टेनेबिलिटी र इनोभेटिभ फिचर पर्छ ।

विजेताहरु २०२५ सेप्टेम्बर २६ मा टुरिनको पालाजो मादामा भएको भव्य समारोहमा इटालीका अग्रणी अटो डिजाइन संस्थानका निर्णायक मण्डलले चयन गरेका हुन् ।

निर्णायक मण्डलले दिपल एस०७ लाई यसको आकर्षक एक्सटेरियर डिजाइन, डाइनामिक प्रोपेर्सन र भिजुअल हार्मोनीमार्फत अन्तर्राष्ट्रिय बजारमा चिनियाँ अटो डिजाइनको मापदण्ड स्थापित गरेको भन्दै यो पुरस्कार प्रदान गरेको हो । त्यसैगरी, दिपल एस०५ लाई यसको एड्भान्स्ड् ह्युमन मेसिन इन्टरफेस, इन्टेलिजेन्ट फिचर र टेक्नोलोजीसँग सिमलेस इन्टिग्रेसनका लागि बेस्ट ह्युमन सेन्ट्रिक इन्टेलिजेन्ट इन्टिग्रसन अवार्ड दिइएको हो ।

चांगानको डिजाइन क्षमताको अन्तर्राष्ट्रिय रुपमा प्रशंसा बढिरहकै बेला यी अवार्डहरु दिइएको हो । दिपल एस०५ ले यसै वर्ष डिजाइन इनोभेसन र इन्टरेक्टिभ ककपिट फिचरका लागि प्रतिष्ठित आईएफ डिजाइन अवार्ड हासिल गरेको थियो ।

`टाडा एउटा पुरस्कार मात्र होइन, यो चिनियाँ अटोमोबाइल निर्माताहरु विश्वको सबैभन्दा उच्च डिजाइन स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विश्वासको प्रमाण हो,’ टुरिन अटो शोका अध्यक्ष तथा टाडा कार्यकारी समितिका प्रमुख आन्द्रेआ लेबीले भने, ‘यो पुरस्कार महत्वपूर्ण छ किनभने हामी चिनियाँ कारहरु प्रविधिमा मात्र होइन डिजाइनमा पनि अब्बल छन् भन्ने मान्यता दिन चाहन्छौं ।’

टाडा चिनियाँ र युरोपेली अटो बजारबीच सहकार्यलाई बढावा दिने उद्देश्यले स्थापित पहिलो प्रोफेसनल अटोमोटिभ डिजाइन अवार्ड हो । चांगान दिपल आफ्नो विश्वव्यापी विस्तारलाई अगाडि बढाउँदै गर्दा यी अवार्डहरुले ब्रान्डको डिजाइन विश्वसनीयतालाई अझ बलियो बनाइरहेको छ । चांगानले डिजाइन, प्रविधि र युजर एक्सपिरियन्सको सीमालाई अझ फराकिलो बनाउने प्रतिबद्धता जाहेर गरेेकाे छ ।

सम्बन्धित समाचारहरू

अटोमोबाइल व्यवसायीको संसदतर्फको यात्रा

अटोमोबाइल व्यवसायीको संसदतर्फको यात्रा

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमार्फत प्रतिनिधि सभा सदस्य बन्न सफल...

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

ट्राफिक प्रहरीले आविष्कार केन्द्रलाई दियो १० पुराना बाइक, इलेक्ट्रिकमा रुपान्तरण गरिने

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ुबग्गीखानाु ले...

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

थपलिया भन्छन् – क्रेटा ईभीका लागि आवश्यक सम्पूर्ण फाउन्डेसन तयार छ (भिडियो सहित)

नेपाली बजारमा हुन्डाई क्रेटा ईभी औपचारिक रुपमा भित्र्याउने अन्तिम तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...