एनआईसी एशिया बैंकका ग्राहकलाई टोयोटा गाडी खरिदमा ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत निश्चित ब्याजदर
काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र टोयोटा गाडीको नेपालका लागि...
काठमाडौं - नेपाल बैंक लिमिटेड र हुन्डाई गाडीकाे नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिबीच छुट प्रदान गर्ने सम्बन्धी विशेष सम्झौता सम्पन्न भएको छ ।
बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका कर्मचारी र ग्राहकहरूलाई देशभरका शाखाहरुबाट हुन्डाई गाडी खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले हुन्डाई ब्राण्डका विभिन्न मोडलका गाडी खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडीको खरिद रकममा थप रु. ५० हजार देखि ८१ हजार सम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको तर्फबाट महाप्रबन्धक दिपक थपलियाले हस्ताक्षर गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...