पोखरामा एवोन र एक्सपेङ सहित सीजी मोटर्सको मेगा सेल्स एन्ड एक्सचेन्ज क्याम्प
पोखरा – नेपालका लागि एवोन र एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दशै लगत्तै सार्वजनिक हुने भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जीएसी एवोन युटी ईभी भित्र्याउने भएको हो ।
गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने तयारीका साथ आवश्यक कार्य गरिरहेको भए पनि चीन र नेपालको सिमामा भएको प्राकृतिक प्रकोपका कारण यो गाडी नेपाल आउन ढिलाई भएको थियो । त्यसैगरी सीजी मोटर्सको थापाथलीमा रहेको शोरुम जलेको कारण समेत यो गाडी सार्वजनिक गर्न ढिलाई भएको थियो । अब केही समय भित्रै यो गाडी नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।
एवोन युटी ईभीलाई कम्पनीले एउटा स्टाइलिस र इन्टेलिजेन्ट नेक्स्ट–जेन अर्वन ईभी क्रसओभर भनेको छ । यसको बाहिरी बनावटबाटै सडकमा यसको पहिचान गर्न सकिन्छ । यसमा विश्वमै पहिलो पटक आईब्रो अर्थात आँखीभौ स्टाइलको हेडलाइट छ । त्यसैगरी पछिल्लो भागमा मिलानको आर्टिस्टिक ट्रेन्डबाट प्रभावित स्लिक फास्टब्याक डिजाइन छ । हेडलाइटको तलतिर प्लेफुल पिक्सेल ग्राफिक लाइटले पनि यसलाई फरक देखाउछ । साइडबाट हेर्दा पनि बोल्ड डिजाइन र कन्ट्रास्ट देखिन्छ ।
यसमा भएको सफ्ट र स्पेसियस इन्टेरियर अर्को आकर्षण हो । यसको एक्स्ट्रा लङ २,७५० एमएमको ह्विलबेस, फुल्ली फ्ल्याट फोल्डेबल सिट, मल्टी लेयर ट्रंक डिजाइन लगायतले यात्रुलाई सहजता प्रदान गर्छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । त्यसैगरी यसमा १७ इन्चको अलोय ह्विल रहेको छ ।
यसमा एड्भान्स्ड क्लाइमेट सिस्टम छ । यसले ड्युअल लेयर एयर कन्डिसनिङ र हिट पम्पको काम गर्न सक्छ । यसकारण ३० मिनेटमै ३० डिग्रीले तापक्रम कम गर्न र २० मिनेटमै ४० डिग्री बढाउन सक्छ । त्यसैगरी यसमा भएको १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको डिजितल इन्स्ट्रयुमेन्ट क्लस्टर अर्को आकर्षण हो ।
यसमा ४४ किलोवाट आवरको एलएफपी ब्याट्री छ । सो ब्याट्रीले सुरक्षाका लागि नेल पेनेट्रेसन टेस्ट पार गरिसकेको छ । सिंगल चार्जमा यसले ३४० किलोमिटरको रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई २४ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा ९९ किलोवाटको मोटर छ ।
यसमा एडास लगायतका विभिन्न प्यानोरामिक स्मार्ट सेफ्टी सिस्टम छ । सराउन्ड टाइप सेफ्टी केज देखि बेस्ट इन क्लास भी आकारको साइड एयरब्याग यसमा रहेको छ । त्यसैगरी इलेक्ट्रिक सनसेड सहितको अल्ट्रा–लार्ज प्यानोरामिक सनरुफ रहेको छ ।
जीएसी एवोन युटी ईभीको मूल्य नेपाली बजारमा ३५ लाख रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ । यसले बीवाईडी डल्फिन लगायतका ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
पोखरा – नेपालका लागि एवोन र एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले...
विश्व अटो उद्योगको भविष्य विद्युतीय सवारीमा छ। अमेरिकी राष्ट्रपति जो...
काठमाडौं – जेरो ईमिसन राईड एनले अत्याधुनिक प्रविधिसहितको विंगर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...