यसरी रच्यो इलेक्ट्रिक कार याङवाङ यु९एक्सले विश्व रेकर्ड, ३० युनिट मात्र उत्पादन हुने

इलेक्ट्रिक कार याङवाङ यु९ एक्स्ट्रिमले ४९६.२२ किलोमिटर प्रतिघण्टाको उच्चतम गति हासिल गर्दै नयाँ विश्व रेकर्ड कायम गरेको छ ।  यसको परीक्षण सेप्टेम्बर १४ मा जर्मनीको पापेनबर्गस्थित एटीपी अटोमोटिभ टेस्टिङ ट्र्याकमा सम्पन्न भएको थियो ।

सो कारले इलेक्ट्रिक गाडीको मात्र होइन पेट्रोलबाट चल्ने गाडीको ४९०.४८४ किलोमिटर प्रतिघण्टाको पुरानो रेकर्ड पनि तोडेको छ। यसका कारण यु९एक्स सबै वर्गमा विश्वकै सबैभन्दा तीव्र गतिमा गुड्ने कार बनेको छ। सो रेकर्ड हाई स्पिड रन पछि जर्मन टेस्ट ट्र्याकमा आधिकारिक रूपमा प्रमाणित गरिएको हो।

यस कारलाई पहिले यु९ को स्पेशल एडिशनको रूपमा प्रस्तुत गरिएको थियो तर अब यु९ एक्स्ट्रिम नामसहित सीमित उत्पादनमा लन्च गरिएको छ । विश्वव्यापी रूपमा यसको केवल ३० युनिट मात्र उत्पादन हुनेछ ।

यु९एक्स यु९ प्लेटफर्ममा बनेको भए पनि यसमा धेरै महत्वपूर्ण प्रविधि र प्राविधिक सुधार गरिएको छ। यसमा १२०० भोल्टको अल्ट्रा-हाई-भोल्टेज सिस्टम, लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री, ३० हजार आरपीएमसम्म घुम्न सक्ने ४ वटा हाई स्पिड इलेक्ट्रिक मोटर, नयाँ डिसस् -एक्स सस्पेन्सन र ट्र्याकको एक्स्ट्रिम प्रेशर सहन सक्ने टायर जडान गरिएको छ। यी सबै फिचरले कारलाई ५०० किलोमिटर प्रतिघण्टाको गति दिन सक्षम बनाएको छ।

सो कारलाई प्रसिद्ध जर्मन रेसिङ ड्राइभर मार्क बासेङले चलाएका थिए । यु९एक्स नाम अंग्रेजी शब्द "एक्स्ट्रिम" बाट लिइएको हो जसको अर्थ "सीमा" र "अन्तिम" हुन्छ भने अक्षर एक्सले अज्ञातलाई जनाउँछ।

सम्बन्धित समाचारहरू

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

कस्तो छ नेपाल भित्रिएको बजाजको इलेक्ट्रिक स्कुटर चेतक ३५०१ ? यस्ता छन् ६ महत्वपूर्ण फिचर

नेपाली बजारमा नयाँ विकल्पको रुपमा बजाज चेतक ३५०१ इलेक्ट्रिक स्कुटर...

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

कुन इलेक्ट्रिक कारको वास्तविक रेन्ज कति ? परीक्षणमा पत्ता लाग्यो यस्ताे नतिजा

हालै अटोकार इन्डियाले भारतमा पाइने १० उत्कृष्ट इलेक्ट्रिक कारको वास्तविक...

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

यस्तो हुनेछ सेकेन्ड जेनेरेसन किया निरो ईभी, सोल मोबिलिटी शोमा सार्वजनिक

दक्षिण कोरियामा चलिरहेको सोल मोबिलिटी शोमा सेकेन्ड जेनेरेसन किया निरो ईभी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...