ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण

काठमाडौं - गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय(बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।

रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन। ”

राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ। “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु”-उनले भने ।

सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राखे । देशको विषम परिस्थितिमा आ-आफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गरेका थिए ।

“हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व : सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

सम्बन्धित समाचारहरू

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

मोटरसाइकल, गाडी र अन्य सामानको आयातमा असार मसान्त सम्म पूर्ण प्रतिबन्ध

काठमाडौं – उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि...

आज एक दिनका लागि साझा यातायातको निःशुल्क बस

आज एक दिनका लागि साझा यातायातको निःशुल्क बस

काठमाडौं – ललितपुरको बुङ्गमतीमा आयोजना हुने बुङ्गमती महोत्सवको अवसरमा...

शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

शुरु भयो जयनगर-जनकपुर रेलसेवा, आजदेखि बिहान र दिउँसो दुई पटक संचालन हुने

जयनगर-जनकपुर-कुर्था रेलसेवा आजदेखि सुचारु हुने भएको छ । आइतबारदेखि रेल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...