नयाँ बीएस६ लाइनअप सहितका भेस्पा स्कुटर नेपालमा

काठमाडौं – नेपालका लागि भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले भेस्पाका नयाँ बीएस६ ओबीडी–टु स्टेज बी इन्जिन सहितका प्रिमियम स्कुटरहरू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। नयाँ लाइनअप वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज, र उत्कृष्ट परफर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रंगमा उपलब्ध हुने घोषणा गरिएको छ।

नयाँ भेस्पा सिरिजमा तीन मोडलहरू समावेश छन्। भेस्पा जेडएक्स १२५ को मूल्य ३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ, जसले क्लासिक डिजाइन र आधुनिक आकर्षणलाई संयोजन गरेको छ र पर्ल ह्वाइट, रेड ड्रागन, नेरोब्लयाक र अज्जुरो प्रोवेन्जा जस्ता रंगमा प्रस्तुत गरिएको छ।

भेस्पा १२५ को मूल्य ३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसले इटालियन स्टाइलिङ र उच्चस्तरीय आरामलाई जोड दिएको छ र ग्लोसी ग्रीन, अज्जुरो प्रोवेन्जा, रोस्सो रेड, नेरो ब्ल्याक, पर्ल ह्वाइ रंगमा उपलब्ध हुनेछ।

त्यस्तै, भेस्पा एस १२५ को मूल्य ४ लाख ९ हजार रुपैयाँ निर्धारण गरिएको छ, जसले स्पोर्टी र स्टाइलिश लुक प्रस्तुत गर्छ । यो पर्ल ह्वाइट, नेरो ब्ल्याक, ओलिभ ग्रीन, जियालो येलो र ग्लोसी ओरेन्ज रंगमा पाइने छ।

इटालियन परम्परा र सांस्कृतिक सौन्दर्यको प्रतीक भेस्पा, विश्वभर आकर्षक डिजाइन, जीवन्त रङ र सशक्त प्रदर्शनका लागि परिचित छ। नयाँ पुस्ताको भेस्पाले यी विशेषताहरूलाई अब पर्यावरण मैत्री र उन्नत इन्धन कार्यक्षमतासँग समेट्दै, जिम्मेवार र स्टाइलिस रोजाइको नयाँ उदाहरण प्रस्तुत गरेको कम्पनीको भनाइ छ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, ‘भेस्पा केवल स्कुटर मात्र होइन, यो एक देशको ऐतिहासिक, सांस्कृतिक पहिचान र सदाबहार आकर्षणको प्रतीक हो। नयाँ मोडलहरूको यो सिरिजमार्फत् हामी भेस्पाको शैली, नवप्रवर्तन र गुणस्तरप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दैछौं। यसका साथै, नेपालमा भेस्पालाई एक लाइफस्टाइल ब्रान्डका रूपमा अझ मजबुत रूपमा स्थापित गर्ने हाम्रो उद्देश्यलाई अघि बढाएका छौं।’

नवीन मोडलहरूको यस लन्च मार्फत् भेस्पाले इटालियन सौन्दर्य, अत्याधुनिक प्रविधि र लक्जरी अनुभवको अद्वितीय संयोजन प्रस्तुत गर्दै, नयाँ पुस्ताका राइडरहरूलाई आकर्षित गर्ने आफ्नो यात्रालाई थप अगाडि बढाएको छ। इटालियन डिजाइन, अत्याधुनिक प्रविधि, र लक्जरी मोबिलिटी अनुभवको मिश्रणका साथ नयाँ भेस्पा स्कुटरहरू अब नेपालभर उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...

७ हजार ५ सय रुपैयाँसम्मले महंगो भयो भेष्पा र अप्रिलिया स्कुटर

७ हजार ५ सय रुपैयाँसम्मले महंगो भयो भेष्पा र अप्रिलिया स्कुटर

भेष्पा एवं अप्रिलिया स्कुटरको नेपालका लागि आधिकाकिर वितरक एमभी दुगड...

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

फागुन १ देखी भेष्पा र अप्रिलिया स्कुटरको मूल्य वढ्ने, यस्तो छ नयाँ मूल्य

काठमाडौं– फागुन १ गतेवाट लागु हुनेगरी भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...