पल्सर आरपीएम अब बुटवलमा पनि, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
काठमाडौं–युवा पुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै...
बजाजको इलेक्ट्रिक स्कुटर चेतकले ५ लाख युनिट बिक्री हासिल गरेको छ । भारतीय अटोमोबाइल उत्पादक समाज (एसआइएएम) ले सार्बजनिक गरेको तथ्याङ्क अनुसार, बजाजले अगस्ट २०२५ को अन्त्यसम्ममा ५ लाख १० हजार युनिट चेतक ई–स्कुटर बिक्री गरेको हो ।
जनवरी २०२० मा लन्च गरिएको सो स्कुटरले नोभेम्बर २०२३ सम्ममा १ लाख युनिट बिक्री आँकडा पार गरिसकेको थियो । आर्थिक वर्ष २०२४ मा, बजाजले चेतकको १ लाख १५ हजार ७०२ युनिट बिक्री गरेको जनाइएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०२५ मा २ लाख ६० हजार ०३३ युनिट बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको थियो । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा ८८ हजार २१८ युनिट बिक्री भएको उल्लेख गरिएको छ ।
चेतक नेपाली बजारमा समेत उपलब्ध एक प्रिमियम इलेक्ट्रिक स्कुटर हो । यस स्कुटरलाई नेपालमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयात गरी बिक्री वितरण गर्दै आएको छ । यसको मूल्य ३ लाख २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...