कम उचाइका राइडरलाई लक्षित गर्दै कावासाकीले ल्यायो नयाँ केएलएक्स २३० एस, मूल्य पनि परिमार्जित
कावासाकीले सन् २०२७ का लागि आफ्नो लोकप्रिय अफरोड मोटरसाइकल केएलएक्स २३०...
काठमाडौं– यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैं तिहार विशेष अफर ‘राइड द ब्लू विद रोडिज’ अन्तर्गत पहिलो विक्ली लक्की ड्रको विजेता घोषणा गरेको छ । यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन् ।
उनी नेपाल मोटरस्पोट्र्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन् ।
यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन् । यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ । त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो ।
लक्की ड्रका बारेमा एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, ‘यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु । यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।’
‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियान अन्तर्गत बाइक खरिदअघि नै अधिकतम १ लाख सम्मको नगद उपहार, बाइक खरिदपछि अधिकतम १० लाख सम्मको नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत एउटा यामाहा बाइक, फ्री हेलमेट, ४ वटा निःशुल्क अतिरिक्त सर्भिस कुपन, स्पेयर पाट्र्स र ल्युबमा ५ प्रतिशत छुट तथा स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा शून्य प्रतिशत ब्याजसहित ईएमआई सुविधा लगायत अफर सामेल छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...