बजाजको ग्राण्ड एक्सचेन्ज कार्निभल सुरु, यस्ता छन् आकर्षण

काठमाडौं–नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । आजदेखी सुरु भएको मेला असोज ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुनेछ । मेलामा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिनेछ ।

ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालूएटर्सबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, १० हजार सम्मको अतरिक्त मूल्यांकन, आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजारसम्म जित्ने अवसर पाउने छन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिने छ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाचयक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाचयक खरिद गर्न सकिनेछ ।

त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले झैँ घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आय स्रोतको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

बजाजले यसअघि नै दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’पनि सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार नगद उपहार, ‘प्लेयर अफ द विक’ बन्ने ग्राहकलाई १ लाख नगदत र चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउने छन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडबाडको अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

भ्वाइस अफ नेपाल सिजन ४ फिनाले आज : कसले जित्ला पल्सर एन १६०

काठमाडौं – गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन – ४ को ग्रान्ड फिनाले...

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन...

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

कुनै समय भारतको नम्बर वान बन्न सफल ओला इलेक्ट्रिकलाई ठुला झट्का लागेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...