टाटा अल्ट्रोज बन्यो भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार

टाटा मोटर्सको प्रिमियम ह्याचब्याक अल्ट्रोज भारत न्यु कार एसेसमेन्ट प्रोग्राम अन्तर्गत वयस्क र बालबालिका दुवै यात्रु सेफ्टी परीक्षणमा ५ स्टार रेटिङसहित भारतको सबैभन्दा सुरक्षित ह्याचब्याक कार बनेको छ ।

यसअघि मारुती बलेनो प्रिमियम ह्याचब्याकमध्ये सबैभन्दा सुरक्षित कार मानिन्थ्यो। मारुती बलेनोले जुलाई २०२५ मा गरिएको परीक्षणमा ४ स्टार रेटिङ प्राप्त गरेको थियो । तर टाटा अल्ट्रोजले वयस्क यात्रु सेफ्टीमा ३२ मध्ये २९.६५ अंक र बाल यात्रु सेफ्टीमा ४९ मध्ये ४४.९० अंक प्राप्त गर्दै नयाँ कीर्तिमान कायम गरेको छ।

वयस्क यात्रु सेफ्टीका लागि गरिएको अगाडिको प्रभाव परीक्षणमा, ६४ किलोमिटर प्रतिघण्टाको गतिमा गाडीलाई अवरोधमा ठोक्दा अल्ट्रोजले १६ मध्ये १५.५५ अंक प्राप्त गर्यो । चालक र सह-चालकका महत्त्वपूर्ण अंगहरूको सेफ्टी राम्रो देखिएको भए पनि खुट्टाको हड्डीमा सीमित सुरक्षा मात्र पाइएको छ। साइड इम्प्याक्ट परीक्षणमा ५० किलोमिटर प्रतिघण्टामा गरिएको परीक्षणले १६ मध्ये १४.११ अंक प्राप्त गर्यो । यसमा यात्रुको टाउको र पेट सुरक्षित देखिए पनि छातीको सुरक्षा मध्यम र पेटको सुरक्षा सीमित देखियो। पोल साइड इम्प्याक्ट परीक्षणमा भने यात्रुको शरीरका सबै भागहरूको सुरक्षा पर्याप्त पाइयो।

चाइल्ड सेफ्टीको परीक्षणमा १८ महिनाको बच्चा र ३ वर्षको बच्चाको डमीलाई विपरीत दिशामा फर्काएर बाल संयम सिस्टममा राखिएको थियो । यसमा अल्ट्रोजले कुल ४९ मध्ये ४४.९० अंक प्राप्त गर्‍यो। डायनामिक स्कोरमा २४ मध्ये २३.९०, चाइल्ड रिस्ट्रेन्ट सिस्टम इन्स्टलेशन स्कोरमा १२ मध्ये १२ र भेइकल असिसमेन्ट स्कोरमा १३ मध्ये ९ अंक प्राप्त भएको छ।

सेफ्टी फिचरको रुपमा अल्ट्रोजमा ६ वटा एयरब्याग, ईबीडी सहितको एबीएस , इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, सबै सिटमा सिटबेल्ट रिमाइन्डर र पछाडिका सिटमा आईसोफिक्स चाइल्ड-सिट माउन्ट जस्ता फिचर दिइएको छ।

सो कारले मारुती बलेनो, हुन्डाई आई२० र टोयोटा ग्लान्जासँग प्रतिस्पर्धा गर्दैछ।

सम्बन्धित समाचारहरू

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

११ लाख ४९ हजार भारुमै आयो टाटा सिएरा, यस्तो छ विशेषता

टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित फेमिली कार सिएरा एसयूभी लन्च गरेको छ ।...

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

ब्रान्ड न्यु इन्जिनमा आउँदै नयाँ टाटा सिएरा, फिचर र पावरट्रेन सार्वजनिक

काठमाडौं–टाटा मोटर्सले २०२५ को सबैभन्दा बढी प्रतीक्षा गरिएको कारहरू...

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतका टप २५ सर्वाधिक बिक्री हुने कारमा टाटा–महिन्द्राका ९ मोडल

भारतमा टाटा मोटर्स र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीका गाडीहरू लोकप्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...