देशव्यापी आन्दोलनले अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष असर, नाडाद्वारा दु:ख प्रकट

काठमाडौं - हालै देशभर भएको आन्दोलन र प्रदर्शनले मुलुकको अर्थतन्त्रदेखि उद्योग–व्यापारसम्म गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले दुःख प्रकट गरेको छ । नाडाले विज्ञप्ति जारी गर्दै जीवन गुमाउनुपरेका प्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नाडाले नेपालको अटोमोबाइल क्षेत्र देशको उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला रहेको उल्लेख गर्दै हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ । कर्मचारी, ग्राहक र सम्पूर्ण संरचनाको सुरक्षाप्रति चिन्ता बढेको र उपभोक्ता विश्वासमा नकारात्मक असर परेको नाडाको भनाइ छ । यसले दीर्घकालीन रूपमा लगानी र रोजगारीमा चुनौती थपिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्रै जटिल समस्याको समाधान सम्भव छ,” नाडाले भनेको छ, “सम्पूर्ण व्यावसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्न र अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले आवश्यक सहयोग र सहजीकरण गरोस् भन्ने हाम्रो आग्रह छ ।”

नाडाले आफ्नो सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास, र देशको समग्र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । एकताबद्ध प्रयास, जिम्मेवार नेतृत्व र सकारात्मक संवादमार्फत मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्ने विश्वास समेत नाडाले प्रकट गरेको छ ।

त्यसैगरी, नेपालले इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री पाएको प्रसंग उल्लेख गर्दै नाडाले छिट्टै मन्त्रिपरिषद गठन हुने र आगामी ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी नयाँ सरकारले निर्वाह गर्ने अपेक्षा राखेको छ । आम नेपाली जनताको भावना र मर्मलाई आत्मसात गर्दै नयाँ सरकार सफल होस् भन्ने शुभकामना पनि नाडाले व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

सवारी साधनलाई विलाशीताको वर्गीकरणबाट हटाउन नाडा प्रतिनिधी मण्डलको अर्थमन्त्रीलाई आग्रह

नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले...

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

पुस २० र २१ गते काठमाडौंमा नाडाको साधरण सभा, नयाँ नेतृत्वका लागी निर्बाचन हुने

काठमाडौं– नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारण सभा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...