होन्डा एक्टिभा अब इलेक्ट्रिक अवतारमा आउँदै, चाँडै लन्च हुने सम्भावना
इलेक्ट्रिक बाइकको निर्माण द्रुत गतिमा बढ्दै गइरहेको छ । हिरो मोटोकर्प,...
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। यो कुनै पुरानो मोडलको इलेक्ट्रिक भर्सन नभई पूर्ण रुपमा नयाँ उत्पादन हुनेछ ।
होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक कार अर्को आर्थिक वर्षको अन्त्य अर्थात् २०२६ सम्ममा लन्च हुने कम्पनीले जानकारी दिएको छ । यसअघि नै कम्पनीका अध्यक्ष तथा सीईओ ताकाशी नाकाजिमाले पनि ब्याट्री इलेक्ट्रिक गाडी भारतमा ल्याउने तयारी भइरहेको र आगामी आर्थिक वर्षसम्म बजारमा उपलब्ध हुने बताएका थिए।
हालसम्म यो कस्तो मोडल हुनेछ भन्ने औपचारिक जानकारी दिइएको छैन, तर रिपोर्टका अनुसार होन्डाको नयाँ कार मिड साइजको एसयूभी हुने अनुमान गरिएको छ । यसले भारतमा हुन्डाई क्रेटा ईभी, एमजी जेडएस ईभी र मारुती ई-भिटारा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।
कम्पनीले यसको चार्जिङ पूर्वाधारमा पनि ध्यान दिइरहेको छ। कम्पनीले आफ्ना डिलरशिपमा तीव्रचार्ज हुने डीसी चार्जर जडान गर्न थालेको छ, जसले गर्दा कार बजारमा आउँदा पर्याप्त चार्जिङ नेटवर्क उपलब्ध हुने अनुमान गरिएको छ।
हाल होन्डाले भारतमा सिटी, अमेज, एलिभेट र पुरानो अमेज गरी चारवटा पेट्रोल मोडल बिक्री गरिरहेको छ। साथै, होन्डाले आगामी वर्षमा नयाँ पुस्ताको होन्डा सिटी पनि ल्याउने तयारी गरेको छ। पीएफ२ प्लेटफर्ममा आधारित सो नयाँ सेडान २०२८ सम्ममा बजारमा आउन सक्ने अनुमान गरिएको छ।
इलेक्ट्रिक बाइकको निर्माण द्रुत गतिमा बढ्दै गइरहेको छ । हिरो मोटोकर्प,...
काठमाडौं – नेपाली बजारमा होन्डा मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण...
जापानी कार निर्माता कम्पनी होन्डाले आफ्नो भारतीय उत्पादन पोर्टफोलियोमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...