भारतमा ईभीको बिक्री दोब्बर नजिक, टाटा एक्लैको बजार हिस्सा ४२ प्रतिशत
काठमाडौं–भारतीय विद्युतीय कार बजारले सेप्टेम्बर २०२६ मा उल्लेखनीय...
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडले मुम्बईमा भारतको सबैभन्दा ठूलो मेगाचार्जर हब स्थापना गरेको छ । कम्पनीले टाटा पावरसँगको साझेदारीमा उक्त हव सञ्चालनमा ल्याएको हो ।
मुम्बईको पहिलो प्रिमियम र ठूलो स्तरको उक्त मेगाचार्जर हब निजी ईभी, इलेक्ट्रिक ट्याक्सी, राइड–हेलिङ फ्लीट र लजिस्टिक अपरेटरहरूलाई सेवा दिन डिजाइन गरिएको हो ।
१६ वटा चार्जिङ वे भएको सो मेगा चार्जर हबमा १२० किलोवाटसम्मको गति भएका आठवटा डिसी फास्ट चार्जर राखिएका छन् । चार्जर हवमा टाटा बाहेक अन्य ब्रान्डका ईभीले समेत सेवा लिन सक्ने जनाइएको छ ।
टाटा ईभीले चार्ज गर्दा भने २५ प्रतिशतसम्म छुट पाउन सकिने बताइएको छ । टाटा भारतको सर्बाधिक बिक्री हुने इलेक्ट्रिक फोर ह्विलर ब्रान्ड हो । सडकमा टाटा ईभीको चाप बढेसंगै कम्पनीले एकै पटकमा धेरै ईभी चार्ज गर्न मिल्ने मेगा चार्जरको विस्तारलाई तिव्रता दिने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...